यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ भेरियो १६० स्कुटर

होन्डा भेरियो १६० इन्डोनेसियाली बजारमा लन्च गरिएको छ । यो सीबीएस र ड्युअल च्यानल एबीएस गरी दुई ट्रिममा उपलब्ध छ, जसको मूल्य करिब २ लाख रुपैयाँ भन्दा बढी नै हुनेछ ।

इन्डोनेसियामा भेरियो १२५ र भेरियो १५० स्कुटर निकै लोकप्रिय छ । होन्डाले भेरियो स्कुटर २००६ देखि इन्डोनेसियामा बेच्दै आएको छ । पुरानो मोडलमा पहिले पनि कैयौ पटक अपडेट र कस्मेटिकको साथ साथै परफर्मेन्समा पनि परिवर्तन गरिसकेको छ ।

भेरियो स्कुटरको फ्रन्टमा एलइडी डीआरएल आइब्रो सहितको अल न्यु ट्विन बीम एलईडी हेडल्याम्प उपलब्ध छ । कम्पनीले एलईडी पोजिसन ल्याम्पसँगै टर्न इन्डिकेटरहरू समावेश गरेको छ जसले अगाडिको भाग निकै बोल्ड बनाएको छ । एक्सटेरियर हाइलाइटमा चंकी सिंगल–पीस ग्र्याब रेल समावेश छ । स्कुटरमा फ्लोरबोर्ड, एक्जस्ट मफलर, अलोय ह्विल, रियरभ्यु मिरर र ह्यान्डलबारमा सानो भाइजर समावेश छ ।

स्कुटरमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, १८ लिटर बुट, स्ट्यान्डर्ड यूएसबी चार्जर र डिस्क ब्रेकहरू पनि छन् । स्कुटरमा रहेको मिटर कन्सोलले फ्युल स्तर, कभर गरिएको दुरी, औसत इन्धन खपत, गति जस्ता महत्वपूर्ण जानकारी देखाउँछ ।

नयाँ स्कुटरमा १६० सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले १५ बीएचपीको पावर र १३.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरको पावर आउटपुट यामाहा एरोक्स १५५ बराबर छ ।

भेरियो १६० मा १४ इन्च अलोय ह्विल ९०/८० सेक्शन र १००/८० सेक्शनको टायर उपलब्ध छ । यसमा ड्युअल च्यानल एबीएस पनि छ ।

सम्बन्धित समाचारहरू

होन्डा डियो १२५ को नयाँ संस्करण सार्बजनिक, के–के छ फिचर ?

होन्डा डियो १२५ को नयाँ संस्करण सार्बजनिक, के–के छ फिचर ?

होन्डाले आफ्नो लोकप्रिय स्कुटर डिओ १२५ को नयाँ संस्करण लन्च गर्ने...

एच–स्मार्ट टेक्नोलोजीमा आउने भयो होन्डा डियो

एच–स्मार्ट टेक्नोलोजीमा आउने भयो होन्डा डियो

होन्डाको लोकप्रिय स्कुटर डियो अब एच–स्मार्ट टेक्नोलोजीमा आउने भएको छ । यो...

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...