नेपालमा कारोबार हुने यी कारमा दिइएको छ सिभिटी ट्रान्समिसन

सवारीसाधनमा प्रयोग हुने गियर बक्स मुलत म्यानुअल र अटोमेटिक गरी दुई प्रकारका हुन्छन्, जसलाई ट्रान्समिसन समेत भन्ने गरिन्छ । अटोमेटिक पनि एएमटी, सिभिटी, डिसिटी, टर्क कन्भर्टर र टिप्ट्रोनिक ट्रान्समिसन गरी कुल ५ प्रकारका हुन्छन् । जसमध्ये पछिल्लो समय सबैभन्दा बढी प्रयोगमा आउने गरेको ट्रान्समिसन भने सिभिटी यानकी कन्टिनियस्लि भेरियबल ट्रान्समिसन हो ।

स्टिल गियरको स्थानमा बेल्ट प्रयोग गरिने यो ट्रान्समिसन जडित सवारीसाधनको इन्जिनले स्पिड अनुरुप गियर रेसियको आधारमा निरन्तर आफै गियर सिफ्ट गर्छ । यसले एक्सिलेरेसनलाई निरन्तर चालु राख्छ र फ्युल इफिसियन्सि समेत बढाउन मद्धत गर्छ । नेपाली बजारमा उपलब्ध प्राय सबैजसो स्कुटरमा यहि ट्रान्समिसनलाई प्रयोगमा ल्याइएको छ ।

नेपाली बजारमा यो ट्रान्समिसन प्रयोग गरिएका थुप्रै प्यासेन्जर कारहरु उपलब्ध छन् । भारतमा निर्माण गरिएका १५ सय सिसी क्षमताका अधिकांश कार र अन्य मुलुकबाट भित्रिएका केही एसयुभीहरुमा समेत सिभिटी ट्रान्समिसन प्रयोग भएका छन् ।

जसमध्ये, हाल बजारमा कारोबार भैरहेको होन्डाको सिटी सेडान र बिआरभी एसयुभीमा यो ट्रान्समिसन प्रयोग भएको छ । त्यसैगरी हुन्डाइले क्रेटा, मित्सुबिसीले एक्ल्प्सि क्रस, निसानले किक्स, टोयोटाले ¥याभफोर र कोरोला क्रस, सुबारुले आउटब्याक, फोरेस्टर र एक्सभी एसयुभी र डिएफएसकेले ग्लोरी ५८० र ग्लोरी आई–अटो सिभिटी इन्जिनमा भित्राएर कारोबार गर्दै आइरहेका छन् । यसका अतिरिक्त नेपालमा कारोबार हुने अन्य केही कारहरुमा समेत यो ट्रान्समिसन प्रयोग भएको हुनसक्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् सलमान खानका बुलेट प्रुफ एसयूभी

यस्ता छन् सलमान खानका बुलेट प्रुफ एसयूभी

हालै सलमान खानलाई लक्ष्यित गरी बम हानिएको खबर सार्वजनिक भएको छ । यससँगै...

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...