सिप्रद्धी ट्रेडिङले ल्यायो टाटा इन्ट्रामा क्यासब्याक अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितर सिप्रद्धी ट्रेडिङले सानो ट्रक इन्ट्रामा क्यास ब्याक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले इन्ट्रा भी१० को खरिदमा १ लाख र भी२० को खरिदमा १ लाख ५० हजार रुपैयाँ क्यास ब्याक पाउनेछन् ।

साथै नगदमा खरिद गर्दा क्यासब्याकको अतिरिक्त २५ हजार रुपैयाँ छुट पाउनेछन् । नगदमै एएमसी स्किम सहित खरिद गर्दा क्यासब्याक र १ बर्षको सिल्भर एएमसी प्याकेज समेत उपलब्ध गराइने बताइएको छ । यो योजना टाटा कमर्सियल भेहिकलको नेपालभर रहेका शोरुममा उपलब्ध रहने र चैत्र १६ गतेसम्म लागु हुने कम्पनीको भनाई छ । नेपाली बजारमा इन्ट्रा भी२० को मूल्य १९ लाख ७५ हजार रुपैयाँदेखी निर्धारण गरिएको छ ।

हलुका सामान ढुवानीमा प्रयोग हुने टाटा इन्ट्रा भी२० मा १४ सय सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ७० एचपी र टर्क १४० एनएम रहेको छ । ८० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने यो ट्रकमा ६ स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ । पावर स्टेरिङ दिइएको यो ट्रकको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको छ ।

यसको ग्राउन्ड क्लिरियन्स १७० एमएम, ह्विबेश २२५० एमएम र टर्निङ रेडियस ४७५० एमएम रहेको छ । १ हजार १ सय किलो भार बहन गर्न सक्ने क्षमता रहेको यसको कुल तौल २ हजार ३ सय किलोग्राम रहेको छ ।

सम्बन्धित समाचारहरू

टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक  

टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक  

टाटा मोटर्ससँग हाल इलेक्ट्रिक कारको सबैभन्दा ठुलो पोर्टफोलियो छ, कम्पनीले...

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

टाटा नेक्सन फेब्रुअरीमहिनामा समेत भारतको सर्बाधिक बिक्री हुने एसयुभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...