नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध

काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका दुई इलेक्ट्रिक स्कुटर एसई र भेनिस उपलब्ध हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा युनिटी ट्रेडिङ कन्सर्न प्रालिले यी स्कुटर भित्र्याउन थालेको बताएको छ ।

दुवै स्कुटरमा ३ हजार वाटको मोटर छ । एसईले ५ हजार २ सय र भेनिसले ४ हजार ९ सय वाटको पिक पावर दिन्छ । एसईमा ७४ भोल्ट ४० एएच र भेनिसमा ७२ भोल्ट ४० एएचको लिथियम आयोन ब्याट्री छ । सिंगल चार्जमा एसईले १४० किलोमिटर र भेनिसले १२० किलोमिटरको रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई ४ घण्टा चार्ज गर्न सकिन्छ ।

एसईमा ड्युअल डिस्क ब्रेक र भेनिसमा सीबीएस सहितको ड्युअल डिस्क ब्रेक छ । एसईको टप स्पिड ७० र भेनिसको टप स्पिड ८५ किलोमिटर छ । १२५ सीसी स्कुटर बराबरको पावर यी स्कुटरले दिने बताइएको छ । कोमाकी एसई ३ वटा कलर र भेनिस ६ वटा कलरमा उपलब्ध हुनेछ ।

यी स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट, सेल्फ डायग्नोसिस, रिपेयर स्विच, मोबाइल चार्जिङ प्वाइन्ट, ब्लुटुथ स्पिकर, एन्टी थेफ्ट लक, साइड स्ट्यान्ड सेन्सर, प्यासेन्जर फ्लोर बोर्ड आदि विशेषता उपलब्ध छ ।

कोमाकी एसईको मूल्य २ लाख ९५ हजार र कोमाकी भेनिसको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकिएको छ । हाल सुरुवाती अफरको रुपमा पहिलो २० ग्राहकलाई २० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ भने एक्सचेन्ज गर्नेका लागि २० हजार थप भ्यालुएसन गरिने छ । त्यसैगरी निःशुल्क एसेसरिज र हेल्मेटका साथै फाइनान्समा शून्य प्रतिशत ब्याजदरको सुविधा समेत उपलब्ध छ ।

बालुवाटारमा चिनियाँ राजदुतावास नजिकै कोमाकीको शोरुम स्थापना गरिएको छ । शोरुममा पुगेर स्कुटरको टेस्ट राइड समेत गर्न सकिने युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजर उमेश अधिकारीले बताए । केही दिनमै यो स्कुटरको औपचारिक लन्च गरिने उनले बताए । कोमाकीका इलेक्ट्रिक स्कुटर भारतमा निकै नै रुचाइएको र नेपालमा समेत रुचाइने अपेक्षाका साथ यसलाई भित्र्याएको उनले बताए ।

नेपाली बजारमा यो भन्दा पहिले युनिटी ट्रेडिङ कन्सर्नले ई–मोटार्ड र बिइङ ह्युमन साइकल समेत बिक्री–वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...