यस्तो छ ५०० किमी सम्म रेन्ज दिने इलेक्ट्रिक कार ओरा गुड क्याटका सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ओरा गुड क्याटको तीन भेरिएन्टको विशेषता सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले हाल यसको परीक्षण गरिरहेको छ । यसको विशेषता समेत आधिकारिक रुपमा कम्पनीले सार्वजनिक गरेको छैन ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा तीन भेरिएन्ट टेक ४०१, अल्ट्रा ४०१ र अल्ट्रा ५०१ गरी तीन भेरिएन्टमा यो इलेक्ट्रिक कार उपलब्ध हुनेछ । सबैभन्दा तल्लो भेरिएन्ट टेक ४०१ को तुलनामा अन्य दुई भेरिएन्टमा धेरै फिचर उपलब्ध छन् ।

यद्यपि सबै भेरिएन्टमा २४६ किलोवाटको मोटर छ भने बुट क्षमता २२८ लिटर छ । त्यसैगरी ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ । अघिल्लो दुई भेरिएन्टमा ४८ किलोवाट आवर र माथिल्लो अल्ट्रा ५०१ भेरिएन्टमा ६३ किलोवाट आवरको ब्याट्री छ । दुई भेरिएन्टले ४५० किलोमिटर र माथिल्लो भेरिएन्टले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । यद्यपि व्यावहारिक रुपमा यो रेन्ज फरक हुन सक्छ । तीनै भेरिएन्टल १०५ किलोवाट पावर र २१० एनएम टर्क जेनेरेट गर्छ ।

टेक ४०१ मा पार्किङ क्यामेरा छ । यसमा १७ इन्चको स्टिल टायर छ । २ एयरब्याग, फेब्रिक सिट मेटरियल आदि फिचर यसमा उपलब्ध छन् । यसको मूल्य ४० लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी अल्ट्रा ४०१ मा ३६० डिग्री क्यामेरा, सनरुफ, ६ एयरब्याग, १८ इन्चको अलोय ह्विल, वायरलेस चार्जिङ, सिन्थेटिक लेदर सिट आदि उपलब्ध छन् । यसको मूल्य ४३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

अल्ट्रा ५०१ मा पनि ३६० डिग्री क्यामेरा, सनरुफ, ६ एयरब्याग, १८ इन्चको अलोय ह्विल, वायरलेस चार्जिङ, सिन्थेटिक लेदर सिट आदि उपलब्ध छन् । यसको मूल्य ४८ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीले हाल यसको परीक्षण गरिरहेको छ र केही दिनमै औपचारिक रुपमा लन्चिङ गर्ने बताइएको छ ।

नेपाली बजारमा ग्रेटवालका सवारी साधन भीजी इम्पेक्सले पहिले देखि नै बिक्री वितरण गरिरहेको छ । ग्रेटवाल अन्तर्गतको इलेक्ट्रिक ब्रान्ड ओरा हो ।

सम्बन्धित समाचारहरू

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री...

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’...

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

काठमाडौं – सुपर सोको इलेक्ट्रिक बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...