नेपाल आइपुग्यो हुन्डाई आयोनिक ५ : केही दिनमै औपचारिक बिक्री गरिने

काठमाडौं – हुन्डाईको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेपालमा आइपुगेको छ । यो कार टोइङमार्फत ल्याइरहेको अवस्थामा नेपाली सडकमा देखिएका तस्बिर अहिले चर्चामा छन् ।

हुन्डाईको अल–न्यु बोल्ड, युनिक र डाइनामिक आयोनिक ५ ले नेपाली बजारमा एउटा नयाँ पहिचान कायम गर्ने कम्पनीले विश्वास गरेको बताइएको छ ।

आयोनिक ५ ले सन् २०२१ को टप गियर इलेक्ट्रिक अवार्ड जितेको थियो। यो हुन्डाईको नयाँ आयोनिक लाइन अपको पहिलो कार हो भने ई–जीएमपी ब्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्ममा बनाइएको पहिलो कार समेत हो ।

पर्फमेन्स, इफिसियन्सीर कम्फर्टका लागि यसमा सबै प्रविधिको प्रयोग गरिएको बताइएको छ । यसमा भएका रियर ह्विल ड्राइभ, सोलार एन्ड भिजन रुफ, भेइकल टु लोड (भीटुएल) फिचर, एम्बिएन्ट मुड लाइट, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता फिचरले यसलाई थप आकर्षक बनाउने छ ।

हुन्डाई आयोनिक ५ इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा बनाइएको इलेक्ट्रिक कार हो । यो ५८ र ७२.६ किलोवाट आवर गरी दुई ब्याट्री प्याक अप्सन तथा अल ह्विल र रियर ह्विल ड्राइभमा उपलब्ध हुन्छ । रियर ह्विल ड्राइभ र ७२.६ किलोवाट आवर भर्सनले सिंगल चार्जमा ४८१ किलोमिटर रेन्ज दिन्छ । दुवै ब्याट्री प्याक अप्सनलाई १८ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

नेपाली बजारमा उपलब्ध भर्सन र यसको मूल्यको वारेमा कम्पनीले केही जानकारी दिएको छैन । सम्भवतः कम्पनीले केही दिनभित्रै यसको औपचारिक लन्चिङका साथ सबै फिचरको जानकारी दिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख...

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

काठमाडौं– ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप...

एलआरआर मोटर्सका बिजनेस हेड श्रेष्ठको भनाइ – ईभी किन्दा ब्रान्डमा विशेष ध्यान दिनु आवश्यक छ

एलआरआर मोटर्सका बिजनेस हेड श्रेष्ठको भनाइ – ईभी किन्दा ब्रान्डमा विशेष ध्यान दिनु आवश्यक छ

चिनियाँ अटो निर्माता कम्पनी जिलीले उत्पादन गरेको विद्युतीय कार ईएक्स५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...