आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, पहिलो पटक एकै महिनामा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ ।

कम्पनीले २०२२ को पहिलो महिना जनवरीमा ४० हजार ७७७ युनिट कार फ्याक्ट्रीबाट डिलरमा बढाएर नयाँ रेकर्ड बनाएको हो । टाटाले एकै महिना ४० हजार युनिट पार गरेको पहिलो पटक हो ।

टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ युनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

डिसेम्बर २०२१ मा ३५ हजार ३ सय युनिट कार उत्पादन गर्दै दोस्रो स्थानमा पर्न सफल भएको टाटा मोटर्सले जनवरी २०२२ मा ५ हजार ४७७ युनिट कार बढी विक्री गर्न सफल भएको हो ।
सेमी कन्डक्टरको समस्या भोग्दै आएका अन्य ब्राण्डको तुलनामा टाटा मोटर्सले निकै तीव्र गतिमा गाडी उत्पादन गर्दै आएको बताएको छ । टाटा मोटर्सको विक्री बढ्नुमा सिएनजी भेरिएन्टको पनि महत्वपूर्ण भूमिका देखिएको छ ।

टाटा मोटर्सले जनवरी १९ तारिखमा टाटा टियागो र टिगोरलाई सिएनजीमा उपलब्ध गराएको थियो । करिब १३ दिनको अवधिमा कम्पनीले ३ हजार युनिट सिएनजी कार विक्री गरेको हो ।

सम्बन्धित समाचारहरू

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

काठमाडौं–टाटा मोटर्सले २०२५ को सबैभन्दा बढी प्रतीक्षा गरिएको कारहरू...

टाटा सिएरा ईभी लन्च हुने मिति नजिकिँदै

टाटा सिएरा ईभी लन्च हुने मिति नजिकिँदै

टाटा मोटर्सको वहुप्रतिक्षित विद्युतीय एसयूभी सिएरा लन्च हुने मिति...

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...