बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले अमेरिकाका लागि नयाँ ‘टाइप ए’ इलेक्ट्रिक स्कुल बस सार्वजनिक गरेको छ, जसमा ३० जनाको सिट रहेको छ । सो बस ८० पाउण्डसम्म भार बोक्न सक्षम छ ।

सो इलेक्ट्रिक बस एकपटकको फुल चार्जमा १४० माइल वा २२५ किलोमिटरसम्मको दुरी तय गर्ने क्षमता रहेको छ । बसको एउटा विशेषता भनेको यो भेइकल–टु–ग्रिड (भी२जी) क्षमताले सुसज्जित छ । बसमा अपाङ्गता भएका विद्यार्थीलाई पनि विशेष सुविधा दिइएको छ । बसको लम्बाई २६.७ फिट, २४.५ फिट र २२.९ फिटमा उपलब्ध छ ।

सो इलेक्ट्रिक बसमा लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ । यसलाई दुई फरक–फरक तरिकाबाट चार्ज गर्न सकिन्छ । यसमा १५० केडब्ल्यु डीसी फास्ट चार्जिङको साथै १९.२ केडब्ल्यु सिंगल–फेज एसी चार्जिङ समावेश छन् ।

बसमा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरूमा उच्च शक्तिको स्टिल निर्माण बडी, ह्यान्डलिङमा सहायताको लागि इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ब्रेकको लागि इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम समावेश गरिएको छ । यसको साथै बसमा एचएसएम ३–पोइन्ट ल्याप–शोल्डर बेल्ट, इन्टिग्रेटेड चाइल्ड सिट र पोर्टेबल रेस्ट्रेन्ट पनि समावेश छन् ।

बीवाईडीले नेपाली बजारमा पनि ई६ का साथै अन्य विभिन्न मोडलका कार बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको लोगोको अर्थ के ?

टेस्लाको लोगोको अर्थ के ?

टेस्ला मोटर्सको स्थापना सन् २००४ को जुलाईमा भएको थियो । इन्जिनियरद्वय...

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो...

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...