टेस्लाको प्लान्ट आफ्नो प्रदेशमा लगाउन भारतमा यी राज्यबिच प्रतिस्पर्धा

बिश्वप्रख्यात लक्जरी इभी ब्रान्ड टेस्लालाई आफ्नो राज्यमा प्लान्ट राख्न अनुरोध गर्ने बिषयलाई लिएर भारतमा केही प्रदेशहरुबिच होडबाजी चलको छ । केही समयअघि टेस्लाका प्रमुख एलन मस्कले भारतमा टेस्लाको प्रवेश अनिश्चित बन्दै गएको बिषयलाई जोडेर एक ट्विट गरेका थिए । जहाँ उनले उच्च इम्पोर्ट ड्युटिका कारण भारतमा टेस्लाको प्रबेश अझै निश्चित भैनसकेको उल्लेख गरेका थिए ।

उनको यो ट्विटपछि भारतका ६ वटा राज्यहरुले आफ्नो क्षेत्रमा प्लान्ट लगाए प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउनु पर्ने अधिकतम सेवा सुबिधा उपलब्ध प्रदान गर्न आफूहरु तयार रहेको बताएका थिए । यी राज्यहरुमा वेस्ट वंगाल, तेलगंना, तमिल नाडु, महाराष्ट्र, पन्जाब र कर्नाटक रहेका छन् ।

भारतमा पछिल्लो समय आफ्नो प्रदेशको क्षेत्रमा उद्योग लगाउने बिषयमा प्रदेश सरकारबिच एक प्रकारको होडबाजी नै चल्ने गरेको छ । आफ्नो क्षेत्रमा उद्योग स्थापना हुँदा यसले उक्त प्रदेशमा बसोबास गर्ने नागरिकले रोजगारी पाउने र प्रदेश सरकारको राजश्व समेत बृद्धि हुने कारण यस्तो होडबाजी चल्ने गरेको हो ।

भारतका यी प्रदेशहरुले आफ्नो क्षेत्रमा प्लान्ट स्थापना गर्न अनुरोध गरेपनि टेस्लाको योजना भने तत्कालै प्लान्ट लगाउने रहेको पाइदैन । पहिलो चरणमा आयत गरी बिक्री थाल्ने र बजारको माग अनुसार पछि निर्णय लिने तयारीमा यसका प्रमुख एलन मस्क रहेका छन् । तर भारतीय सरकार भने टेस्लालाई जसरी हुन्छ भारतमै उत्पादन थाल्न दबाद दिइरहेको छ ।

हाल भारतमा टाटा मोटर्स, महिन्द्रा र एमजी लगायत कम्पनीले इभी उत्पादनमा ठूलो रकम लगानी गर्ने घोषणा गरिसकेका छन् । त्यसैगरी मर्सिडिज, बिएमडब्लू, ल्यान्डरोभर र ज्यागुअर जस्ता लक्जरी ब्रान्डले समेत इभीको बजारमा पाइला चालिसकेका कारण टेस्लामाथी जतिसक्दो चाँडो भारतमा प्रबेश गर्नुपर्ने दबाव सिर्जना भएको छ ।

सम्बन्धित समाचारहरू

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु

काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को...

दुर्घटनामा परेको सवारी साधन मर्मतका लागि एटीएस एल्गीको अटो रोबोट प्रयोग गर्न सकिने

दुर्घटनामा परेको सवारी साधन मर्मतका लागि एटीएस एल्गीको अटो रोबोट प्रयोग गर्न सकिने

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा एटीएस...

बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...