होन्डा सीबी१०००आर जस्तै इलेक्ट्रिक बाइक सार्वजनिक

टोर्क मोटर्स भारतमा इलेक्ट्रिक सवारी साधनको सेगमेन्टमा प्रवेश गरेको छ । कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो बाइक क्रेटोस लन्च गरेको छ । सो बाइक क्रेटोस स्ट्यान्डर्ड र क्रेटोस आर गरी २ भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः १ लाख २ हजार ४९९ र १ लाख १७ हजार ४९९ भारु तोकिएको छ ।

टोर्क मोटर्सको सो बाइक पहिला पुणे, बैंगलोर, अहमदाबाद, हैदरावाद, चेन्नई र दिल्ली जस्ता शहरहरूमा उपलब्ध गराइने छ । क्रेटोस ई–बाइक कम्पनीको ६ वर्ष पुरानो परियोजना हो र यो पहिलो पटक टी६एक्स कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।

क्रेटोस बाइकको लुक २००८ होन्डा सीबी१०००आर जस्तो देखिन्छ । यसमा एलईडी लाइटसहितको त्रिकोणीय हेडल्याम्प कभर, एंगुलर ट्यांक एक्सटेन्सनसहितको शार्प लुक ट्यांक, स्पिल्ड पिलियन ग्रेलसहितको स्लीक टेलपिस, एलईडी टेललाइट र स्लिम रियर फेन्डर समावेश छन् ।

बाइकको दुवै छेउमा १७ इन्चको एलोय ह्वीलहरू छन् । साथै ४.३ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल, फुल डिजिटल टीएफटी युनिट र स्मार्टफोन कनेक्टिभिटी पनि समावेश छन् । बाइकमा नेभिगेसन, जियोफेन्सिङ, ब्याट्री चार्ज स्थिति, राइडर रेसियो, क्रयास अलर्ट आदि समावेश छन् ।

बाइकमा पावरको लागि ४ केडब्ल्युएचप ब्याट्री जडान गरिएको छ । जसले सिंगल इलेक्ट्रिक इन्जिनसँग मिलेर ७.५ केडब्ल्युएचको पावर विकास गर्छ । सो ब्याट्री फुल चार्जमा १८० किलोमिटरको रेन्ज दिने कम्पनी दावी गरेको छ ।

क्रेटोस आर भर्सनमा पनि ४ केडब्ल्युको ब्याट्री जडान गरिएको छ । यो ब्याट्रीलाई फास्ट चार्जिङमार्फत एक घन्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने, इन्ट्रि लेभल इभीको मूल्य कम हुने अनुमान

यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने, इन्ट्रि लेभल इभीको मूल्य कम हुने अनुमान

यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने प्रक्षेपण गरिएको छ ।...

नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर

नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर

नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...