सेगवे नाइनबोटको ई–१०० इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ९१ हजार

काठमाडौं – अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा आई हब प्रालिले यो स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।

स्वच्छ र सुरक्षित सवारी प्रवद्र्धनका लागि यो स्कुटर नेपालमा भित्र्याएको आई हब प्रालिका निर्देशक लोकेश ओलीले बताए । आगामी दिनमा अन्य मोडल समेत क्रमिक रुपमा भित्र्याउने उनले बताए ।

चालक बसे पछि र स्ट्यान्ड उठाए पछि मात्र यो स्कुटर स्टार्ट हुन्छ । यसमा किलेस सिस्टम र रिमोट कन्ट्रोल सिस्टम छ । त्यसैगरी २२ लिटर क्षमताको स्टोरेज छ ।

स्कुटरमा ६ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा मौसमअनुसार प्रकाश उपलब्ध गराउछ ।

स्कुटरमा मोबाइल चाजिङ स्लट र ३ वटा ड्राइभिङ मोड रहेको छ । नर्मल चार्जबाट फुलचार्ज हुन करिब ७ घण्टा लाग्छ। ड्युअल ब्याट्री मोडमा चलाउदा फुल चार्जमा २ सय किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । यसमा लिथियम आयोनयुक्त पानी प्रतिरोधी ब्याट्री रहेको छ ।

१३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको स्कुटरको तौल ८० किलोग्राम छ । यो स्कुटर कालो, सेतो, निलो र रातो गरी चार कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा टियागो ईभीको खुल्यो बुकिङ

टाटा टियागो ईभीको खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

नेपालमा चिनियाँ ईभीको बजार निकै ठूलो मानिन्छ । २ दर्जन बढी ब्रान्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...