नेपाली बजारमा अब अर्को हाइब्रिड एसयूभी : भित्रियो १ करोड ७० लाख मूल्यको किया सोरेन्टो हाइब्रिड

काठमाडौं – किया मोटर्सले नेपाली बजारमा अल–न्यु किया सोरेन्टो हाइब्रिड कार भित्र्याएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले १ करोड ६९ लाख ९० हजार रुपैयाँ मूल्य सहित सो हाइब्रिड कार नेपाली बजारमा उपलब्ध गराएको हो ।

हाइब्रिड भएकाले यो कार ब्याट्री र पेट्रोल इन्जिन दुवैले चलाउन सकिन्छ । यसमा १.६ लिटर टीजीडीआई टर्बो पेट्रोल इन्जिन र १.४९ किलोवाट आवरको ब्याट्री छ, जसलाई ४४.२ किलोवाट इलेक्ट्रोम्याग्नेटिक मोटरसँग जोडिएको छ । यसले २२७ एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

सोरेन्टो हाइब्रिड नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो गरी विभिन्न ड्राइभ मोडमा चलाउन सकिन्छ । सेफ्टी फिचरको रुपमा यसमा ७ एयरब्याग, लेन–किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर र विभिन्न फिचर छन् ।

अन्य एसयूभी जस्तै किया सोरेन्टो हाइब्रिड पनि ठूलो र बल्की बडी साइज छ । यसमा १९ इन्चको अलोय ह्विल, ड्युअल एलईडी प्रोजेक्टर हेडल्याम्प, फुल प्यानोरामिक सनरुफ र सार्पर बडी लाइन छ । अघिल्लो भागमा वाइड–स्विपङ ग्रिल छ, जुन एलईडी लाइटसँग एकीकृत भएको छ ।

अन्य फिचरहरुमा १२.३ इन्चको अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, हेडअप डिस्प्ले, भेन्टिलेटेड सिट, इन्टेरियर र्याप गरिएको नाप्पा लेदर आदि छन् ।

किया सोरेन्टो हाइब्रिड एसयूभी विभिन्न पाँच कलर अप्सनमा उपलब्ध हुने बताइएको छ । नेपाली बजारमा यो भन्दा पहिले सुजुकी र टोयोटाले हाइब्रिड एसयूभी भित्र्याएका थिए ।

सम्बन्धित समाचारहरू

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

हुन्डाई र कियाले आफ्ना लोकप्रिय एसयूभी मोडल क्रेटा र सेल्टोसलाई हाइब्रिड...

२० हजार ८०० डलरमै आयो किया ईभी-५, यस्तो छ फिचर र पावरट्रेन

२० हजार ८०० डलरमै आयो किया ईभी-५, यस्तो छ फिचर र पावरट्रेन

कोरियन अटो निर्माता कियाले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ईभी-५...

कियाकाे नयाँ एमपीभी क्यारेन्स क्लाभिस सार्वजनिक

कियाकाे नयाँ एमपीभी क्यारेन्स क्लाभिस सार्वजनिक

किया मोटर्सले भारतीय बजारका लागि आफ्नो नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...