विश्वभर लिथियमको आपूर्ति घट्यो, ब्याट्री र इलेक्ट्रिक सवारी साधनको मूल्य बढ्ने सम्भावना

लिथियम–आयोन ब्याट्रीको बढी प्रयोगले विश्वव्यापी बजारमा लिथियमको मागलाई बढाएको छ । यसले गर्दा लिथियमको आपूर्तिमा कमी आएको छ ।

लिथियम कडा चट्टान वा नुनिलो खानीबाट उत्खनन गरिन्छ । अष्ट्रेलियामा खानीबाट उत्पादन हुने कडा चट्टान संसारको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । अर्जेन्टिना, चिली र चीनले मुख्यतया नुनिलो तालहरूबाट लिथियम उत्पादन गर्दै आएका छन् ।

अष्ट्रेलियाको उद्योग विभागले विश्वव्यापी रुपमा २०२२ मा ६ लाख १५ हजार टन र २०२३ मा ८ लाख २१ हजार टन लिथियम उत्पादन हुने अनुमान गरेको छ । क्रेडिट सुइसको तथ्याङ अनुसार २०२२ मा ५ लाख ८८ हजार टन र २०२३ मा ७ लाख ३६ हजार टन लिथियम माग हुने अनुमान गरिएको छ ।

लिथियमको मूल्य प्रति टन २० हजार डलरसम्म बढ्ने अनुमान गरिएको छ । यो २ वर्ष अघि भन्दाको ८० प्रतिशत अधिक हो ।

हाल लिथियमको अभावमा केही कमी नआएता पनि छिट्टै उत्पादनमा कमी आउने र मूल्यमा असर पर्न सक्छ । केही विश्लेषकहरू र विज्ञहरूले अधिक इलेक्ट्रिक सवारीको माग बढ्दै जाँदा, लिथियमको मूल्य उच्च हुने अपेक्षा गरेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...