नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा चार नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा सेग्वे
काठमाडौं – नेपालका लागि सेग्वे नाइन बोट इलेक्ट्रिक स्कुटरको आधिकारिक...
काठमाडौं – नेपाली युवाहरुको डिजाइनमा निर्माण भएको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट भएको छ । यात्री मोटरसाइकल्सको आधिकारिक फेसबुक पेजमार्फत यसको जानकारी दिइएको छ ।
पहिलो सिरिजको पी–१ सोल्ड आउट भएको र बुकिङ बन्द गरिएको बताइएको छ । सन् २०२२ को पहिलो त्रैमासिक अन्त्यमा यसको डेलिभरी प्रारम्भ गरिने र त्यसपछि बुकिङ खोले पश्चात दोस्रो त्रैमासिक मध्यमा डेलिभरी गरिने समेत बताइएको छ ।
अहिले डेलिभरी लिने ग्राहकले यात्री डीसी फास्ट चार्जिङमा लाइफ टाइम फ्रि चार्जिङ सुविधा पाउने छन् । कम्पनीले देशभर १५० चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरिसकेको छ ।
पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि सेग्वे नाइन बोट इलेक्ट्रिक स्कुटरको आधिकारिक...
टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...