चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं – काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताउनु भयो ।
मेयर शाक्यले यो क्षेत्रमा धेरै ट्राफिक जाम हुने भएकाले स्थानीयको माग अनुसार यो स्थानमा पनि पुल बनाउन लागेको बताए । यो भन्दा पहिले चाबहिल चोकको दक्षिणपट्टि पुल बनिसकेको र मित्रपार्कमा पनि शिलान्यास भइसकेको छ । जयबागेश्वरीमा पनि शुरु भइसकेको छ ।

यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने उनको अनुमान छ ।

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायात प्रणाली सुरक्षित र प्रविधिमैत्री बनाउने सरकारको तयारी, अगाडि बढ्यो प्रक्रिया

सार्वजनिक यातायात प्रणाली सुरक्षित र प्रविधिमैत्री बनाउने सरकारको तयारी, अगाडि बढ्यो प्रक्रिया

काठमाडौं – सरकार सार्वजनिक यातायातलाई सुरक्षित, सुव्यवस्थित र...

इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२...

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...