२ हजार चालक ट्राफिक कारबाहीमा, चार लाख १७ हजार राजस्व सङ्कलन
काठमाडौँ –बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको...
काठमाडौं – नेपाली राइड सेयर बजारमा अर्को कम्पनीको प्रवेश भएको छ । ई–क्याब नेपालले ट्याक्सी सेवा सञ्चालन गर्न ‘ई–क्याब’ एप सञ्चालनमा ल्याएको छ। नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा उपलब्ध गराउन एप लञ्च गरेको कम्पनीले दाबी गरेको छ।
ई–क्याबले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको उपस्थितिमा राजधानीमा एक कार्यक्रम गरी आफ्नो सेवा सुरु गरेको जानकारी गराएको हो। कम्पनीका अनुसार सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगद भुक्तानी गरेर ई–क्याबको सेवा उपभोग गर्न सक्नेछन्।
यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ ।
एप प्रयोगकर्ताले आफ्नो लागि मात्रै नभई आफन्त र साथीभाइको लागि पनि सवारी बुकिङ गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। इन्टरनेटको पहुँच नभएको खण्डमा कम्पनीको कल सेन्टरमा फोन गरेर पनि सेवाग्राहीले सेवा उपभोग गर्न सक्ने बताइएको छ। साथै विदेशबाट पनि उक्त एप बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यो एप प्रयोगका लागि दुई तहको भेरिफिकेसन निर्धारण गरिएको छ। सुरक्षाका लागि यात्रुले चालकसँग यात्रा सुरु गर्नुअघि राइड भेरिफिकेसन कोड निश्चित गर्नु पर्नेछ। साथै यात्राको क्रममा आफू कहाँ छु भन्ने कुराको आफन्त र साथीहरुले एसएमएस वा इमेलबाट अपडेट पाइरहने कम्पनीको भनाइ छ।
चालकको सम्पूर्ण कानुनी तथा सवारी सम्बन्धी कागजातको अभिलेख ई–क्याबसँग रहने हुँदा सुरक्षित तबरले यात्रा गर्न सकिने पनि कम्पनीले जानकारी गराएको छ।
काठमाडौँ –बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र...
दसैं तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...