७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न यसको ट्रेडमार्क लिएको छ । यो मोडलको नाममा होन्डाले अनौठो एबं फरक विशेषताका स्कुटर र मोटरसाइकल उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आइरहेको छ ।

यो मोडलको नाममा बिशेषत म्याक्सी स्कुटर र एड्भेन्चर मोटरसाइकल उत्पादन हुँदै आइरहेको छ । यसको ट्रेडमार्क लिएपछि भने अब यी टु ह्विलर भारतमा समेत उत्पादन हुने भएको हो ।

ट्रेडमार्क लिएसंगै होन्डाले भारतमा यो मोडलको नाममा ७४५ सिसीको एड्भेन्चर स्कुटर उत्पादन गर्ने जनाएको छ । यो स्कुटरमा होन्डाले हाल कारोबार भैरहेको एनसी ७५० एक्समा दिइएको प्यारलल ट्विन इन्जिन जाडन गर्ने बताइएको छ । जसको अधिकतम पवार ५९ एचपी र टर्क ६९ एनएम रहेनछ । यो स्कुटरमा ६ स्पिड सेमी अटोमेटिक डुअल क्लच ट्रान्समिसन उपलब्ध हुनेछ ।

त्यसैगरी अफरोडमा यात्र गर्न सहज हुनेगरी यसमा १७ र १५ इन्चको वायर स्पोक ह्विल्स र ब्लक–प्याट्रन टायर दिइनेछ । साथै अगाडी र पछाडी दुबै भागमा १५० एमएमको ट्राभल सस्पेन्सन समेत जडान गरिनेछ ।

फिचर्स लोडेड बनाउन होन्डाले यसमा किलेस इग्निसन, ब्लुटुथ सहितको ५.० इन्च टिएफटी डिस्प्ले र ५ प्रकारको राइडिङ मोड लगायत अन्य थुप्रै विशेष प्रकारका फिचर्स थप गर्न सक्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल...

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर...

यस्तो थियो लोकप्रिय गायिका लता मंगेशकरको कार कलेक्शन

यस्तो थियो लोकप्रिय गायिका लता मंगेशकरको कार कलेक्शन

भारतकी लोकप्रिय गायिका लता मंगेशकरको आइतवार निधन भएको छ । लता मंगेशकरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...