नेपालमै सवारी साधन एसेम्वल गर्ने भन्दै सिजी होल्डिङले दर्ता ग-यो नयाँ उद्योग, के होला सम्भावना ?
सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी...
सन् २०२१ मा भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको पहिलो सूचिमा मारुती सुजुकी वागन आर पर्न सफल भएको छ । अघिल्लो बर्ष यो सूचीमा सुजुकी स्विफ्टले कब्जा जमाएको थियो । सन् २०२१ मा सर्बाधिक बिक्री हुने कारको दश उत्कृष्ट सूचीमा मारुती सुजुकीका ८ वटा कारले कब्जा जमाउँदा हुन्डाईको र टाटाको एक÷एक वटा कार सुचिकृत भएका छन् ।
यो बर्ष वागन आर १ लाख ८३ हजार ८ सय ५१ युनिट बिक्री भएको छ । जुन अघिल्लो बर्षको तुलनामा २४ प्रतिशतले बढी हो । दोस्रो स्थानमा झरेको स्विफ्टको बिक्री ९ प्रतिशतले बढेर १ लाख ७५ हजार युनिट पुगेको छ । गतबर्ष यो सूचीमा मारुती अल्टो परेको थियो ।
त्यसैगरी तेस्रो स्थनमा रहेको बोलेनो कुल १ लाख ७२ हजार बिक्री हुँदा चौथो स्थनमा झरेको अल्टो १ लाख ६६ हजार २ सय ३३ युनिट बिक्री भयो । बोलेनो अघिल्लो बर्षसमेत सूचीको तेस्रो स्थानमा रहेको थियो ।
अघिल्लो बर्ष छैठौ स्थनमा रहेको मारुती इर्टिगा प्लस एक्स६ ले एक स्थान सुधार गरेर पाँचौ स्थानमा उक्लिन सफल भएको छ । यो बर्ष इर्टिगको बिक्री ४८ प्रतिशतले बृद्धि भई १ लाख ५४ हजार ३ सय १० पुगेको छ ।
यो सूचीको छैठौ स्थानमा हुन्डाइको लोकप्रिय कम्प्याक्ट एसयुभी क्रेटा पर्न सफल भएको छ । अघिल्लो बर्ष ८ औं स्थानमा रहेको क्रेटाले २९ प्रतिशतको बिक्री बढाए २ स्थान सुधार गर्दै छैठौ स्थानमा पर्न सफल भएको हो । यो बर्ष क्रेटा कुल १ लाख २५ हजार ४ सय २३ युनिट बिक्री भएको छ ।
सातौ स्थानमा पर्न सफल मारुती डिजायरको बिक्रीमा भने ७ प्रतिशतले कमी आएको छ । जसका कारण अघिल्लो बर्ष पाँचौ स्थानमा रहेको डिजायर यो बर्ष २ स्थान तल झरेर सातौं स्थानमा पुगेको हो । यो बर्ष डिजायर कुल १ लाख १६ हजार २ सय २२ युनिट बक्रिी भएको छ ।
सुजुकी ब्रेजाले अघिल्लो बर्षको तुलामा ३ स्थान सुधार गर्दै सूचींको आठौं स्थानमा पर्न सफल भएको छ । यो बर्ष ब्रेजाको बिक्रीमा ३९ प्रतिशतले बृद्धि भई कुल १ लाख १६ हजार युनिट बिक्री भएको छ । अघिल्लो बर्ष ब्रेजा यो सूचीको ११ औं स्थानमा रहेको थियो ।
नवौं स्थानमा पर्न सफल मारुती इकोको बिक्रीमा समेत १५ प्रतिशतले सुधार आउँदा उसको कुल बिक्री १ लाख १४ हजार ५ सय पुगेको छ । अघिल्लो बर्ष इको सूचीको ७ स्थानमा रहेको थियो ।
टप १० को यो सूचीमा पहिलोपटक टाटा नेक्सन सामेल भएको छ । अघिल्लो बर्ष १८ औं स्थानमा रहेको नेक्सनले १२२ प्रतिशतको बिक्री बढाएर सूचीको १० औं स्थानमा रहन सफल भएको हो । यो बर्ष नेक्सन कुल १ लाख ८ हजार ५ सय युनिट बिक्री भएको छ ।
सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी...
काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटाराको स्निक पिक सार्वजनिक...
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...