मारुती अल्टो थप पावरफुल भएर आउँदै, सेलेरियोको इन्जिन जडान हुन सक्ने

मारुती सुजुकीको इन्ट्री लेभल ह्याचब्याक कार अल्टो थप पावरफुल इन्जिन सहित आउने संभावना देखिएको छ । कम्पनीले यो कारमा अब सेलेरियोमा उपलब्ध गराउँदै आएको १.० लिटर के १० सी डुअल जेट इन्जिन जडान गर्न सक्ने बताएको छ । उक्त इन्जिन राखेर अहिले यसको नयाँ डिजाइन तयार गरिरहेको जनाइएको छ ।

यसै बर्षको अन्त्यसम्म लन्च गर्ने तयारीमा रहेको मारुतीले यो लोकप्रिय ह्याचब्याकलाई यसअघिकै ८०० सिसी र १ हजार सिसीमा ल्याउने तयारी थालेको हो । इन्टेरियर र एक्सटेरियर दुबै पाक्षमा ब्यापक परिबर्तन सहित सार्बजनिक हुने तयारीमा रहेको यो नयाँ कारलाई हलुका बनाउन हर्टटेक्स आर्किटेक्चरमा तयार गर्न लागिएको छ । जुन आर्किटेक्चरमा वागेन आर र नयाँ सेलेरियो उत्पादन भई बजारमा आइसकेका छन् ।

नयाँ अल्टोमा रिडिजाइन गरिएको ग्रिल, नयाँ हेडल्याप, नयाँ बम्पर, नयाँ बोनेट, अपडेट गरिएको फगल्याम्प र फराकिलो सेन्टर एयर इन्लेट लागायत अन्य फिचर्स थप हुनेछन् । साथै तयाँ स्टायलको टेलगेट, एलइडी टेल ल्याम्प र टप भेरियन्टमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अपडेट गरिएको इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ स्टेरिङ ह्विल र ड्यासबोर्ड समेत नयाँ हुनेछन् ।

भारतीय बजारमा बिगत लामो समयदेखी सर्बाधिक बिक्री हुने कारको सुचीमा पहिलो स्थान ओगट्दै आएको अल्टोलाई नेपालमा भने ट्याक्सीका रुपमा बढी रुचाइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीले लन्च गर्यो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५०

सुजुकीले लन्च गर्यो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५०

सुजुकीले आज इन्ट्री लेभलको पहिलो एड्मेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई...

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...