आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले याक ब्रान्ड नेमको इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।
उक्त इलेक्ट्रिक बाइक केही महिना पश्चात नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि सार्वजनिक गरिने बताइएको छ ।
यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरणमैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।
यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ र यसको अद्वितीय ब्रान्डिङ पनि हो । जुन याक बाइकहरूको आकर्षक कारक हुन सक्छ ।
जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पु-याउने बताए ।

उनीहरुले भने, ‘सरकार र आमजनताको याक बाइक जस्तै विद्युतीय सवारीहरूले किफायती र दिगोपन प्रदान गर्ने वैकल्पिक समाधान खोजिरहेका छन् । इको–फ्रेन्डली ई–सवारी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसंख्याको समाधान प्रदान गर्दछ । विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुन सक्छ । हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्छ; मुख्य रूपमा पेट्रोलियम उत्पादनहरू हो । पेट्रोलियमको आयात कटौती गर्ने उद्देश्यले हामीले यसलाई नेपालमा एसेम्बल गर्ने सोचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएका छौं ।’
याक बाइक विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ प्रगतिको प्रशंसा गर्न लायक छ । याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । जसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीको प्रयासलाई देखाएको पुष्टि गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने र यसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पु¥याउने बताएको छ ।
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...