५ मोडलका रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्र्याउँदै दुगड ग्रुप, यस्तो हुनेछ फिचर
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट...
काठमाडौं – अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले याक ब्रान्ड नेमको इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।
उक्त इलेक्ट्रिक बाइक केही महिना पश्चात नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि सार्वजनिक गरिने बताइएको छ ।
यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरणमैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।
यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ र यसको अद्वितीय ब्रान्डिङ पनि हो । जुन याक बाइकहरूको आकर्षक कारक हुन सक्छ ।
जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पु-याउने बताए ।

उनीहरुले भने, ‘सरकार र आमजनताको याक बाइक जस्तै विद्युतीय सवारीहरूले किफायती र दिगोपन प्रदान गर्ने वैकल्पिक समाधान खोजिरहेका छन् । इको–फ्रेन्डली ई–सवारी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसंख्याको समाधान प्रदान गर्दछ । विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुन सक्छ । हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्छ; मुख्य रूपमा पेट्रोलियम उत्पादनहरू हो । पेट्रोलियमको आयात कटौती गर्ने उद्देश्यले हामीले यसलाई नेपालमा एसेम्बल गर्ने सोचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएका छौं ।’
याक बाइक विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ प्रगतिको प्रशंसा गर्न लायक छ । याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । जसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीको प्रयासलाई देखाएको पुष्टि गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने र यसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पु¥याउने बताएको छ ।
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट...
काठमाडौं – नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता...
महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...