मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन
हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले...
विभिन्न कार निर्माता कम्पनीले २०२२ मा नयाँ गाडी लन्च गर्ने योजना बनाइरहेका छन् । सेमिकन्डक्टर चिप्सको विश्वव्यापी अभावका कारण गत वर्ष केही निराशा भए पनि यस वर्ष कार निर्माता कम्पनीहरुले नयाँ सवारीसाधन लन्चका साथ घाटा पूर्ति अवश्य गर्ने अनुमान गर्न सकिन्छ ।
यो वर्ष लन्च हुने प्रतीक्षामा रहेका केही लोकप्रिय कार यी हुन् ः
मारुती सुजुकी भिटारा ब्रेजा २०२२
कार निर्माता कम्पनी मारुती सुजुकीले हालको लोकप्रिय एसयूभी भिटारा ब्रेजालाई नयाँ अवतारमा लन्च गर्ने भएको छ । नयाँ एसयूभीमा नयाँ डिजाइन र स्पोर्टी लुक दिइएको छ । सो नयाँ एसयूभीमा बिग इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जर, एप्पल कारप्ले, एन्ड्रोइड अटो, क्लाइमेट कन्ट्रोल, हेडलाइट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, एड्भान्स कनेक्टेड कार टेक्नोलोजी, प्याडल सिफ्टर, रिमोट इन्जिन स्टार्ट÷स्टप र अन्य धेरै उत्कृष्ट फिचर देख्न सकिनेछ ।
नयाँ भिटारा ब्रेजामा इलेक्ट्रिक सनरुफ प्रयोग गरिने छ । यसमा १.५ लिटर पेट्रोल इन्जिन प्रयोग हुनेछ, जसले १०५ बीएचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्नेछ । साथै, यो नयाँ कारमा म्यानुअल ट्रान्समिसन सहितको ६ स्पिड गियरबक्स हुने सम्भावना छ । सो कार ११ लाख देखि १८ लाख भारुमा लन्च गर्ने सम्भावना छ ।
जिप मेरिडियन
जिप कम्पनीले यसै वर्ष रिब्याज्ड मेरिडियन ७ सिटर कार लन्च गर्ने तयारी गरिरहेको छ । उत्कृष्ट फिचरको साथसाथै यो कारले २.० लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन प्रयोग गर्नेछ, जसले १७३ बीएचपीको पावर र २०० एनएमका टर्क जेनेरेट गर्नेछ । रिपोर्टका अनुसार सो कारमा ४८भी माइल्ड हाइब्रिड सिस्टम पनि हुने सम्भावना छ । यो कारमा ९ स्पिड अटोमेटिक गियरबक्स हुनेछ । सो कार १९ लाख देखि ३२ लाख भारुमा लन्च गर्ने सम्भावना छ ।
महिन्द्रा स्कोर्पियो न्यु जेनेरेसन
महिन्द्राको नयाँ स्कोर्पियो यसै वर्ष लन्च हुनेछ । कम्पनीले स्कोर्पियोको नयाँ एडिसनमा २.० लिटर एमहक टर्बो इन्जिन प्रयोग गर्नेछ, जसले १५५ बीएचपीको पावर र ३६० एनएमको टर्क जेनेरेट गर्नेछ । साथै २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन पनि उपलब्ध हुनेछ, जसले १५० बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्नेछ । साथै, यस कारमा म्यानुअल र अटोमेटिक दुवै विकल्पसहित ६ स्पिड गियरबक्स उपलब्ध हुनेछ । सो कार ९ लाख देखि १७ लाख भारुमा लन्च गर्ने सम्भावना छ ।
मारुती सुजुकी जिम्नी
मारुती सुजुकीको ५–डोर भएको एसयूभी यसै वर्ष लन्च हुने भएको छ । जिम्नीमा एलईडी हेडल्याम्प र टेलल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हिल होल्ड असिस्ट, क्रुुज कन्ट्रोल, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, हाइट एडजस्टेबल ड्राइभर सिट, रियर एसी भेन्ट्स र अन्य फिचर समावेश गरिने छ ।
सो एसयूभीमा मारुतीको १२भी एसएचभीएस माइल्ड–हाइब्रिड सिस्टमको साथ १.५–लिटर के१५बी पेट्रोल इन्जिन हुनेछ । जसले १०२ बीएचपीको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा म्यानुअल ट्रान्समिसनसहित ५ स्पिड गियरबक्स र ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्प पनि हुनेछ । सो कार ९ लाख देखि १४ लाख भारुमा लन्च गर्ने सम्भावना छ ।
हुन्डाई टुसान २०२२
हुन्डाईले यो वर्ष नेक्स्ट जेनेरेसन एसयूभी टुसान २०२२ लन्च गर्ने तयारी गरेको छ । यो नेक्स्ट जेनेरेसन मोडलमा पुरानो मोडलको अपडेटेड डिजाइन देखिनेछ । यो कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस स्मार्टफोन चार्जर, पानोरामिक सनरुफ, ६ एयरब्याग र अन्य उत्कृष्ट फिचर समावेश गरिएको छ । सो कार १६ लाख देखि २२ लाख भारुमा लन्च गर्ने सम्भावना छ ।
हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले...
हुन्डाईले क्रेटालाई मध्यम आकारको एसयूभीका रूपमा बिक्रीको लागि उपलब्ध...
हुन्डाईले कम्प्याक्ट एसयूभी सेगमेन्टमा भेन्यु फेसलिफ्ट सार्वजनिक गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...