२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

भारतीय सडकमा येज्दी बाइक पुन देखिने भएको छ । महिन्द्रा ग्रुपको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी बाइक सार्वजनिक गरेको छ । कम्पनीले तीनवटा नयाँ मोडल येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर लन्च गरेको छ ।

येज्दी मोटरसाइकलको यो नयाँ रेन्ज क्लासिक लेजेन्ड्सको डिलरशिप नेटवर्कमा उपलब्ध हुनेछ । येज्दीको बाइक कम्पनीको वेबसाइटमा ५ हजार भारुमा अनलाइन बुक गर्न सकिन्छ ।

मूल्य
येज्दी रोडस्टरको मूल्य १ लाख ९८ हजार १४२ भारु तोकिएको छ । स्क्रयाम्बलर रेन्जको मूल्य २ लाख ४ हजार ९०० भारु र येज्दी एड्भेन्चरको मूल्य २ लाख ९ हजार ९०० भारुबाट सुरु हुन्छ ।

येज्दी रोडस्टर
येज्दीको क्रुजर बाइक रोडस्टर नियो–रेट्रो डिजाइन स्टाइलको साथ उत्कृष्ट देखिन्छ । यो बाइक तीनवटा रङमा लन्च गरिएको हो । येज्दीले रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ । सो इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ । रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क जेनेरेट गर्छ ।

येज्दी एड्भेन्चर
येज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४–स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । येज्दी एड्भेन्चरमा टर्न बाई टर्न नेभिगेसन पनि छ । सो बाइकलाई ब्लुटुथ मार्फत ब्रान्डको एपसँग पनि जोड्न सकिन्छ । एपले आगमन कल र सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी पनि प्रदान गर्छ ।

येज्दी स्क्र्याम्बलर
येज्दी स्क्र्याम्बलरको फिचर येज्दी रोडस्टरबाट प्रेरित भएको देख्न सकिन्छ । यसमा एलईडी हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर, क्लियर लेन्स र गोल आकारको एलसीडी डिजिटल डिस्प्ले जडान गरिएको छ । बाइकमा ह्यान्डलबार–माउन्टेड यूएसबी र टाइप सी चार्जिङ प्वाइन्ट जस्ता फिचर पनि जडान गरिएको छ ।

येज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कूल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ । येज्दी स्क्र्याम्बलर ६ कलरमा लन्च गरिएको छ ।

२६ वर्ष पहिले पनि भारतीय बजारमा यो ब्रान्डको बाइक उपलब्ध थियो । अब यो ब्रान्ड पुनरागमन गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...