नामसारी गर्नेले फागुन देखि र नवीकरण गर्नेले जेठ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनु पर्ने

काठमाडौं – यातायात व्यवस्था विभागले आगमी फागुन १ देखि सवारी साधन नामसारी गर्ने ग्राहकले इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिनु पर्ने व्यवस्था गर्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले फागुन १ देखि नामसारी गर्ने ग्राहकका लागि मात्र यो व्यवस्था गर्न लागेको बताएका छन् ।

महानिर्देशक घिमिरेले भने, ‘फागुन १ देखि यो प्रक्रिया शुरु भएर लगातार जारी रहने छ । माघ भित्र सकिसक्ने भनेको होइन । यस पछि विस्तारै सबैले यो प्रक्रियामार्फत इम्बोस्ड नम्बर प्लेट लिन सक्ने व्यवस्था हुनेछ ।’

त्यसैगरी महानिर्देशक घिमिरेका अनुसार आगमी २०७९ जेठ १ देखि नवीकरण गर्नेले पनि नयाँ इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिन सक्ने बताए । हाल प्रदेश सरकारको अधिकार क्षेत्र भित्र पर्ने भएकाले प्रदेशकै ऐन कानुन अनुसार यो सबै कार्य हुने उनले बताए ।

नवीकरण प्रक्रिया नियमित भएको र अहिले सहजताका लागि मात्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट पनि जडानका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको उनले बताए ।

नयाँ नम्बर प्लेटको आवेदन दिन कार्यालय पुग्नु नपर्ने र यसका लागि सबै अनलाइनमार्फत गर्ने गृहकार्य भइरहेको घिमिरेले बताए । घरैमा बसेर आवेदन दिन, राजस्व तिर्न र सबै कार्य गर्न सकिने उनले बताए । बायोमेट्रिक कार्यका लागि मात्र कार्यालय पुग्नु पर्ने उनको भनाइ छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि हाल बागमतीको काठमाडौं, गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा आवश्यक तयारी भइसकेको र कर्णालीको सुर्खेतमा पनि केही दिन भित्रै तयारी पुरा हुने उनले बताए । त्यसैगरी बाँकी अन्य कार्यालयमा पनि यसको सम्पूर्ण तयारी भइरहेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडीको वारेमा सम्पूर्ण जानकारी राख्नका लागि विभिन्न १० स्थानमा आरएफआईडी गेट राख्ने तयारी समेत भइरहेको उनले बताए ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी विभागले धेरै पटक गरे पनि यसको कार्यान्वयन भने अझै हुन सकेको छैन ।

सम्बन्धित समाचारहरू

झिलीमिली बन्यो नारायणी पुल

झिलीमिली बन्यो नारायणी पुल

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको...

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन...

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर, निषेधाज्ञा पश्चात खुल्ने

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर, निषेधाज्ञा पश्चात खुल्ने

पाेखरा – एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...