यी हुन् १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता, हजारौले बनाए ड्रिमकार
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
गुगल सर्च इन्जिनमा टोयोटा सबैभन्दा धेरै खोजिने कार ब्रान्ड बनेको छ । गत वर्ष अर्थात सन् २०२१ मा इन्टरनेट प्रयोगकर्ताहरूले विश्वभरका कार कम्पनीहरूमध्ये टोयोटालाई सबैभन्दा बढी सर्च गरे ।
अष्ट्रेलियाको ‘कम्पेयर द मार्केट’ द्वारा जारी गरिएको वार्षिक ¥यांकिङ अनुसार टोयोटा मोटर १५४ देश मध्ये४७ देशमा सबैभन्दा धेरै खोजिएको कार निर्माता थियो । यसले पुरै सर्च रिजल्टमा ३१ प्रतिशतको प्रतिनिधित्व गर्छ । यसपछि बीएमडब्ल्यु २९ देशमा सबैभन्दा धेरै खोजिएको कार ब्रान्ड बनेर दोस्रो स्थान हासिल ग¥यो भने मर्सिडिज–बेन्ज तेस्रो स्थानमा थियो ।
माथिका तीन कार निर्माताले विगत चार वर्षदेखि गुगल सर्चमा प्रभुत्व जमाउन सफल भएका छन् । २०१९ मा बीएमडब्ल्यु सबैभन्दा धेरै खोजिएको कार थियो, त्यो वर्ष ११८ देशमा सबैभन्दा लोकप्रिय कार ब्रान्ड थियो । यो भन्दा पहिले २०१८ र त्यसपछि २०२० मा पनि टोयोटा नै पहिलो स्थामा थियो ।
चौथो देखि दशौं स्थान सम्म क्रमशः औडी, किया, हुन्डाई, टेस्ला, रेनो, फोर्ड र होन्ड ा रहेका छन् ।
इलेक्ट्रिक कार निर्माता टेस्ला पनि गत वर्ष पहिलो पटक यो सूचीमा प्रवेश गरेको थियो । टेस्ला कारको बारेमा जान्नको लागि हङकङ, इजरायल, मकाउ, सिंगापुर र चीन जस्ता देशहरूमा मानिसहरूले गुगलमा धेरै पटक खोजी गरे, जसले टेस्लालाई यी देशहरूमा सबैभन्दा धेरै खोजिएको कार बनायो ।
खोजीको आधारमा टेस्ला अस्ट्रिया, बहामास, बोत्सवाना, कंगो किन्सासा, क्रोएसिया, फिनल्याण्ड, गिनी, आइसल्याण्ड, कुवेत, माडागास्कर, माल्टा, नर्वे, प्यालेस्टाइन, रुवाण्डा, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिरिया, संयुक्त राज्य अमेरिका र यमनमा दोस्रो वा तेस्रो स्थानमा छ ।
गत वर्ष टेस्लाले मोडल एस, साइबरट्रक, मोडल ३, रोडस्टर र सेमी ट्रकसमेत धेरै गाडीहरू सार्वजनिक गरेको थियो । सन् २०२० को तुलनामा गत वर्ष गुगल सर्चमा औडी, हुन्डाई र सुजुकी जस्ता ब्रान्ड बढी सर्च गरिएको थियो । फक्सवागन, मित्सुबिशी, अल्फा रोमियो र डेवु जस्ता अटो ब्रान्डहरूको खोजी सर्वेक्षणमा सहभागी १५४ देशहरू मध्ये कुनै पनि देशमा गुगल सर्च गरेको देखिएन ।
नेपाली बजारमा पनि टोयोटाको आफ्नै पहिचान छ । हालै नेपाली बजारमा टोयोटा राइज लन्च भएको छ । यो भन्दा पहिले नेपाली बजारमा रहेका टोयोटाका विभिन्न गाडीहरु प्रचलित छन् ।
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...
टोयोटाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी टेसरको टिजर सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...