नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...
रोयल इन्फिल्डले यो वर्ष भारतमा नयाँ र उत्कृष्ट बाइक लन्च गर्न लागेको छ । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय एड्भेन्चर बाइक हिमालयनलाई हाल भइरहेको ४११ सीसीको स्थानमा नयाँ ४५० सीसी अवतारमा ल्याउने तयारी गरेको छ ।
एक रिपोर्टका अनुसार कम्पनीले नयाँ बाइक २०२२ को अन्त्यसम्म वा २०२३ को सुरुमा लन्च गर्नेछ । यो बाइक आगामी वर्षको पहिलो त्रैमासमा बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । बजारमा आएपछि यो प्रिमियम एड्भेन्चर बाइकले केटीएम ३९०, बीएमडब्ल्यु जी३१०जीएस र अन्य एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
हिमालयन ४५० मा हिमालयको परम्परागत लुक र डीएनए कायम राखिने छ । कम्पनीको तर्फबाट यस बाइकमा राउण्ड हेडल्याम्प र रियर भ्यु मिरर, रेस्ड फ्रन्ट फेन्डर, मेटालिक फिनिसमा अपस्वेप्ट एक्जस्ट, वाइड ह्यान्डलबार र म्याचिङ फ्रेम प्रयोग गरिने छ । हिमालयन ४११ मा जस्तै हिमालयन ४५० मा पनि २१ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल प्रयोग गरिनेछ ।
रोयल इन्फिल्डको यो नयाँ बाइकमा ४५० सीसी इन्जिन प्रयोग गरिने छ । यसमा ६ स्पिड गियरबक्स पनि हुने सम्भावना छ ।
एक रिपोर्टका अनुसार रोयल इन्फिल्डको यो नयाँ हिमालयन ४५० को मूल्य लगभग २ लाख ७ हजार भारु हुने सम्भावना रहेको छ ।
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...
रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...
काठमाडौं – हार्टफोर्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक इग्निसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...