नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

काठमाडौं – याडिया ब्रान्डको इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले २०२१ को उत्कृष्ट मार्केटिङ अवार्ड पाएको छ ।

चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न विधामा अवार्ड वितरण गर्दै आएको छ । ती अवार्ड मध्ये यो वर्षको उत्कृष्ट मार्केटिङ अवार्ड कुजु नेपालले पाएको हो ।

कुजु नेपाल प्रालिका निर्देशक उमिद श्रेष्ठका अनुसार हाल कोरोनाका कारण चीनमा कार्यक्रम गर्ने वातावरण नभएकाले कम्पनीले सो पुरस्कारको घोषणा मात्र गरेको छ ।

याडिया ब्रान्डका तीन मोडल एस–लाइक, जी५ र सी१एस गत असार महिनामा नेपाली बजारमा भित्रिएका थिए । निर्देशक श्रेष्ठका अनुसार डेढ महिनाकै अवधिमा नेपाली बजारमा याडियाका ५० युनिट इलेक्ट्रिक स्कुटर बिक्री भएका थिए ।

हाल याडियाका सबै स्कुटर सोल्ड आउट भइसकेका छन् । आगामी फेब्रुअरी महिना अन्त्य सम्ममा नयाँ लट नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

चिनियाँ ब्रान्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा विक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रिक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको थियो ।

कुजु नेपाल प्रालिले युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको बताउदै आएको छ ।

सम्बन्धित समाचारहरू

पेरिस मोटर शोमा सार्वजनिक भयो जिपको पहिलो इलेक्ट्रिक एसयूभी

पेरिस मोटर शोमा सार्वजनिक भयो जिपको पहिलो इलेक्ट्रिक एसयूभी

जिपले पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक गरेको छ । सो...

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...

मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने

मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने

काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...