आइडिया फर नेपालले आधुनिक पार्किङ सिस्टम ल्याउने

काठमाडौं – विश्वका विभिन्न देशमा पार्किङ लगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले नेपालमा आधुनिक पार्किङ सिस्टम भित्र्याउने भएको छ ।

हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदारहरु संलग्न एक बहुराष्ट्रिय कम्पनी हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्व राष्ट्रपति डा. रामवरण यादवले यो परियोजनाको उद्घाटन गरे । परियोजना उद्घाटनका अवसरमा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडिबुटी प्रशोधनको क्षेत्र लगानीका लागि उर्वर रहेको छ र विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले यसतर्फ ध्यान दिन जरुरीछ ।’ उनले विदेशमा आर्जन गरेको ज्ञानबाट भारतीयहरुले बैङ्लोरमा ठूलो परिवर्तन ल्याएको उदाहरण दिँदै गैरआवासीय नेपालीहरुले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ सिस्टम भित्र्याएपछि दुई वटा कार पार्किङ गर्ने स्थानमा दर्जनौं कार पार्किङ गर्न सकिने बताए । विभिन्न देशमा काम गरेको अनुभवको आधारमा नेपालमा पनि काम गर्न लागेको बताए ।

एक छुट्टै प्रसंगमा उनले आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र दश लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताए । उनका अनुसार यो संस्था हाल विश्वका विभिन्न देशमा चार सयभन्दा बढी परियोजनाहरुमा संलग्न छ । जसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ ।

संस्थाले अफ्रिकाको सुनखानी, यूरोपमा पार्किङ, रियर स्टेट, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।

संस्थाले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अबधारणासहित आवास निर्माण गर्दैछ । त्यस्तै सिन्धुपाल्चोकमा फलफुल तथा जुम्लामा स्याउ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ ।

कार्यक्रममा संस्थाका दिर्नेशक रोजिना प्रधान राईले नेपालीहरुलाई विश्वभर कामदारको रुपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरु पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताइन् ।

सम्बन्धित समाचारहरू

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गलेश्वर – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड...

आजदेखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने, प्रारम्भ भयो सेवा

आजदेखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने, प्रारम्भ भयो सेवा

काठमाडौं – नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने सुविधा आज देखि...

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...