रेनो नेपालको स्पार्कलिङ न्यु इयर २०२२ अफर, ३ लाख सम्मको फाइदा

काठमाडौं – नेपालका लागि रेनो कारको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘स्पार्कलिङ न्यु इयर २०२२ अफर’ ल्याएको छ । यस अफर अन्तर्गत रेनोका विभिन्न मोडलका कार किन्दा समग्रमा ३ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

नयाँ कार किन्ने ग्राहकका लागि सहज फाइनान्सको व्यवस्था भएको कम्पनीको भनाइ छ । कुनै पनि ब्रान्डको पुरानो कारसँग रेनो कार साट्नका लागि स्पट एक्सचेन्ज र भ्यालुएसनको व्यवस्था गरिएको छ ।

नयाँ कार किने पछि एक वर्ष सम्मको सडक दस्तुर कम्पनी आफैले तिरिदिने व्यवस्था छ । दुई वर्ष सम्म निःशुल्क सर्भिसिङ सुविधा उपयोग गर्न सकिने र एक्सटेन्डेड वारेन्टीको रुपमा पाँच वर्ष सम्म सुविधा लिन सकिने छ ।

नेपाली बजारमा रेनोका क्विड, डस्टर, ट्राइबर र काइगर उपलब्ध छन् । यी विभिन्न मोडलका कारको मूल्य २६ लाख ७९ हजार देखि ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा कम मूल्यको मोडल क्विड १.० आरएक्सटी–ओ हो भने सबैभन्दा महंगो मोडल काइगर १.० टर्बो आरएक्सजेड डीटी हो ।

सम्बन्धित समाचारहरू

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने...

आकर्षक डिजाइन र ११ एडास फिचरसहित रेनोको नयाँ क्विड ई-टेक

आकर्षक डिजाइन र ११ एडास फिचरसहित रेनोको नयाँ क्विड ई-टेक

रेनोले ब्राजिलमा आफ्नो नयाँ पुस्ताको इलेक्ट्रिक कार ‘क्विड ई-टेक २०२६’...

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...