१५० सीसीको डर्ट बाइक : १ लाख रुपैयाँ मूल्य बढ्दा पनि नेपाली बजारमा अभाव

काठमाडौं – होन्डाका धेरै मोडलका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय छन् । ती मध्ये पनि एक्सआर १५०एल मोटरसाइलको अन्य भन्दा फरक प्रकारको लोकप्रियता कायम छ ।

नेपाली बजारमा उपलब्ध भएको करिव १५ दिनमै यो मोटरसाइकलको स्टक सकिएको छ । यति मात्र होइन, पहिले भन्दा यसको मूल्य १ लाख रुपैयाँले बढ्दा समेत मूल्य वृद्धिको असर यसमा केही पनि देखिएन । राइडरहरुले धमाधम यो मोटरसाइकल डेलिभरी लिने गरेका छन् भने अहिले किन्न चाहनेका लागि यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध छैन । अब किन्न चाहनेहरुले फेरि बुकिङ गर्नु पर्ने भएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको यो मोटरसाइकलको मूल्य हाल ६ लाख ४९ हजार ९ सय रुपैयाँ छ । १५ दिन पहिले मात्र यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ थियो । नेपालमा नयाँ लट भित्रिएसँगै यसको मूल्यमा १ लाख रुपैयाँ वृद्धि गरियो । तर पनि राइडरहरुले यो मोटरसाइकल यति रुचाए कि बजारमा मोटरसाइकल नै बिक्रीका लागि उपलब्ध छैन ।

होन्डाको डर्ट सेगमेन्टको यो मोटरसाइकल विशेष गरी युवाहरुले निकै नै रुचाउने गरेको पाइन्छ । यसमा १४९.१५ सीसीको फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले १२.१४ एचपी पावर र १२.५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड म्यानुअल गियरबक्सयुक्त सो मोटरसाइकलको अघिल्लो भागमा १८० एमएम एक्सल ट्राभल, टेलिस्कोपिक फोर्क र पछिल्लो भागमा १५० एमएम एक्सल ट्राभल, सिंगल सक स्विङ आर्म सस्पेन्सन छ ।

२४५ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यसलाई जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ । १२ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको सिटको उचाई ८२५ एमएम छ ।

१५० सीसीको इन्जिनमा उपलब्ध एवं आकर्षक डिजाइनमा उपलब्ध होन्डा एक्सआर १५०एलमा भएको कम्फर्टेबल सिटिङ पोस्चर, एक्सिलेन्ट म्यानुभरेबिलिटी, फ्युल इकोनोमी आदिका कारण यो धेरैको रोजाईमा परेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डाले यस्तो नयाँ एड्भेन्चर बाइक ल्याउने, १९ अगस्तमा लन्च गर्ने सम्भावना

होन्डाले यस्तो नयाँ एड्भेन्चर बाइक ल्याउने, १९ अगस्तमा लन्च गर्ने सम्भावना

होन्डाले हालै नयाँ एड्भेन्चर बाइकको टिजर लन्च गरेको छ । होन्डाको सो बाइक...

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...