पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ
काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
सुर्खेत - जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी) ले सूचना जारी गरिसकेको छ ।
सुरुङ्गमार्गको सम्भाव्यता अध्यायनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्यायन सकिएपछि सुरुङ्गमार्ग निर्माण अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।’ उनले भने, ‘जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकैअघि बढाइने छ ।’
जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘हामीले सुरुङ्गमार्गको संम्भाव्यता अध्यायनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं ।’ उनले भने, ‘सम्भाव्यता अध्यायनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’
जुम्लादेखि जाजरकोट जान हिडेर करिब १० घण्टा उकालो हिड्नु पर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिने न्यौपानेले बताए । ‘यो सुरुङ्गमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदैँ रारा जोड्ने छोटो सर्किट हुनेछ ।’ उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’ रासस
काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
काठमाडौँ – गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ...
काठमाडाैं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...