सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ । जसमध्ये केही हालको सबैभन्दा धेरै बिक्री हुने एसयूभीका फेसलिफ्ट मोडलहरू छन् भने केही नयाँ मोडलहरु छन् ।

कम्पनीले अर्को वर्ष इलेक्ट्रिक सेगमेन्टमा नयाँ मोडलहरू पनि लन्च गर्न लागेको छ । जुन केही समयदेखि भारतीय सडकमा परीक्षणका क्रममा देखिएको छ ।

हुन्डाई मोटर्सले अर्को वर्ष आफ्ना दुई लोकप्रिय एसयूभीको फेसलिफ्ट मोडलहरू लन्च गर्ने भएको छ । जुन मिडसाइज एसयूभी सेगमेन्टमा हुन्डाई क्रेटा फेसलिफ्ट र कम्प्याक्ट एसयूभी सेगमेन्टमा हुन्डाई भेन्यु फेसलिफ्ट समावेश हुनेछ । यी दुबै एसयूभीहरू लामो समयदेखि उत्कृष्ट बिक्री हुँदै आएको छ । बजारमा हुने कडा प्रतिस्पर्धालाई ध्यानमा राखेर कम्पनीले अहिले क्रेटा र भेन्युको नयाँ लुक र फिचर सहित लन्च गर्ने भएको छ । यी दुवै एसयूभी वर्षको मध्यसम्ममा भारतीय सडकमा देखिने भएको छ ।

हुन्डाई मोटर्सले केही महिनामा प्रिमियम एसयूभी हुन्डाई टुसान लन्च गर्न लागेको छ, जसको उत्कृष्ट लुकको चर्चा भइरहेको छ । पछिल्लो समय सो एसयूभी धेरै पटक देखिएको थियो । सो एसयूभी क्रेटा र अल्काजार भन्दा माथिको सेगमेन्टको एसयूभी हुनेछ, जसमा लेटेस्ट फिचर समावेश गर्नेछ ।

हुन्डाई मोटर्सले अर्को वर्ष आफ्नो लोकप्रिय इलेक्ट्रिक कार कोनाको अपडेटेड मोडल २०२२ हुन्डाई कोना पनि लन्च गर्ने भएको छ । जसमा थप ब्याट्री रेन्ज र पावरफुल फिचर समावेश हुनेछ । साथै हुन्डाईले इलेक्ट्रिक एसयूभी हुन्डाई आयोनिक ५ पनि यो वर्ष भारतमा लन्च गर्ने भएको छ । यसको स्पिड र ब्याट्री रेन्ज पनि उत्कृष्ट हुनेछ ।

सम्बन्धित समाचारहरू

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...

स्पोर्टी लुकमा हुन्डाई क्रेटा एन लाइन एसयूभी, यस्तो छ फिचर

स्पोर्टी लुकमा हुन्डाई क्रेटा एन लाइन एसयूभी, यस्तो छ फिचर

हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो तेस्रो एन लाइन कार हुन्डाई क्रेटा एन...

सन् २०२२ मा हुँदैछ यी ५ गाडीको विशेष प्रतीक्षा

सन् २०२२ मा हुँदैछ यी ५ गाडीको विशेष प्रतीक्षा

विभिन्न कार निर्माता कम्पनीले २०२२ मा नयाँ गाडी लन्च गर्ने योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...