ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर
ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...
बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेश्नल ट्रेडिङले एकैपटक देशका २१ स्थानमा डिलर आह्वान गरेको छ । केहि दिनअघि मात्र नयाँ स्कुटर प्यानेरिया १२५ भित्राएको यो कम्पनीमा दुई चर्चित अटोमोबाइल ब्यावसायी सन्दिप शारडा र आकाश गोल्छा समेत संलग्न भएको जानकारी दिइएको थियो ।
जसमध्ये शारडा निशान गाडीको बितरक पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक हुन् भने गोल्छा फोर्ड गाडीको बितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक । यी दुई ब्यवसायी भित्रिनुअघि यो कम्पनीमा पन्चकन्या ग्रुपका निर्देशक उदिप श्रेष्ठ र फिस्टेल एयरका अध्यक्ष बिकास राणाको स्वमित्व रहेको थियो ।
नयाँ स्कुटर र लगानीकर्ता थपिएको केही दिनपछि नै एकैपटक यति धेरै संख्यामा डिलर आह्वान भएपछि आगामी दिनमा बेनेलीले आक्रमक बजार रणनिती अबलम्बन गर्ने आँकलन गरिएको छ । कम्पनीले उपत्यकामा टेकु, बालाजु, कुमारीपाटी र बौद्धमा डिलर आह्वान गरेको छ भने उपत्यका बाहिर बनेपा, धादिङ्ग, हेटौडा, दमौली, पोखरा, बाग्लुङ, टिकापुर, मेहन्द्रनगर, तुल्सीपुर, जिपुर–४, सिमारा, बिरगंज बर्दिबास, गाइघाट, राजबिराज, धरान र बिराटचोकमा डिलर आह्वान गरेको हो ।
५ बर्षअघि नेपाल भित्रिएको इटायिन ब्रान्ड बेनेलीसंग हाल नयाँ भित्रिएको प्यानेरिया १२५ स्कुटरसहित १८० एस, टिएनटी १३५, टिएनटी ६००, टिएनटी ३०२ एस, टिएनटी १५०, टिआरके २५१, टिएनटी १५ र ७५२ एस गरी कुल ९ मोडलका बाइक उपलब्ध छन् ।
ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...
नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...
क्रसफायर मोटरसाइकल तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...