४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
होन्डा मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर सुप्रा जीटीआर १५० स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेको छ । यो भियतनामी बजारमा विनर एक्सको नाममा बिक्री गरिने छ । नयाँ स्कुटर मोडेलमा कस्मेटिक अपडेट गरिएको छ । नयाँ होन्डा सुप्रा जीटीआर १५० नयाँ र स्पोर्टियर देखिने फ्रन्ट–इन्ड डिजाइनको साथ उपलब्ध हुनेछ ।
स्कुटरमा ट्विन फ्रन्ट एलईडी हेडल्याम्प समावेश गरिएको छ, जुन स्पोर्ट बाइक जस्तै ठुलो छ र यसको डाइनामिक राइडिङ पोजिसनलाई सपोर्ट गर्न ठुला पाङ्ग्रा दिइएको छ । स्कुटरमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट र ब्लु ब्याकलिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर फिचरको रुपमा समावेश गरिएको छ ।
यो स्कुटर १५० सीसीको लिक्विड कुल्ड इन्जिनद्वारा संचालित छ, जसले १५.४ बीएचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा सीभीटी गियरबक्स जडान गरिएको छ । स्कुटरको दुबै छेउमा १७ इन्च ठुलो अलोय ह्विल समावेश गरिएको छ । जबकि अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सस्पेन्सन रहेको छ ।
यो स्कुटर भारतीय बजारमा छिट्टै लन्च हुने छैन । नेपालमा पनि सम्भावना छैन । यद्यपि यसले यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्न सक्छ, जुन यो वर्ष लन्च गरिएको थियो र यो यामाहाको एक मात्र म्याक्सी स्कुटर हो । नेपाली बजारमा पनि यामाहा एरोक्स १५५ केही महिनामै आउने अनुमान गरिएको छ ।
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले...
काठमाडौं उपत्यकामा होन्डा मोटरसाइकल तथा स्कुटरको शोरुम संख्या जम्मा २२...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...