इन्फोटेनमेन्ट सिस्टम सहितको टोयोटा हाइलक्स जनवरीमै लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ पिकअप ट्रक हाइलक्स जनवरी २०२२ मा लन्च गर्न लागेको छ । मिडिया रिपोर्टका अनुसार भारतमा टोयोटा हाइलक्सको बुकिङ पनि सुरु भएको छ । टोयोटा हाइलक्स पिकअपले इसुजु डी–म्याक्ससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

फच्र्युनरमा जस्तै इन्जिन समावेश गर्ने
टोयोटा हाइलक्समा इनोभा क्रिस्टा र फच्र्युनरमा प्रयोग भएको प्लेटफर्म र इन्जिन समावेश गरिने छ । यसमा फच्र्युनरमा जस्तै २.८ लिटर डिजेल इन्जिन समावेश गर्नेछ, जसले २०४ पीएस र ५०० एनएम टर्क जेनेरेट गर्छ । यो ४ ह्वील ड्राइभको साथ आउनेछ । यसको लम्बाई ५२८५ एमएम र ह्वीलबेस ३०८५ एमएम हुनेछ । फच्र्युनरको लम्बाई ४७९५ एमएम रहेको छ ।

इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुने
टोयोटा हाइलक्समा फच्र्युनरको तुलनामा ठुलो हेक्सागोनल ग्रिल, युनिक स्वेप्ट–ब्याक एलईडी हेडल्याम्प र रफ एन्ड टफ बम्पर हुनेछ । रियर प्रोफाइल हाल उपलब्ध पिकअप ट्रकको जस्तो देखिन्छ । यसको इन्टेरियरमा फच्र्युनर जस्तो लक्जरी ड्यासबोर्ड डिजाइन, स्टेयरिङ ह्वील, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट हुने अपेक्षा गरिएको छ । यसलाई भारतमा डबल क्याब बडी स्टाइलमा बिक्री गरिने छ ।

मूल्य ३० लाख भारु सम्म हुन सक्छ
कम्पनीले टोयोटा हाइलक्सको मूल्य खुलाएको छैन । यसको मूल्य इसुजु डी–म्याक्सको आसपास हुने सम्भावना छ । हाल, भारतमा इसुजु डी–म्याक्सको मूल्य १८ लाख ५ हजार देखि २५ लाख देखि ६० हजार भारु रहेको छ । केही रिपोर्टका अनुसार यसको मूल्य लगभग ३० लाख भारु हुने अनुमान गरिएको छ ।

नेपालमा सम्भावना
नेपाली बजारमा टोयोटा हाइलक्स निकै नै लोकप्रिय सवारी साधन हो । अपग्रेड भएर आए पछि यसको माग अझै बढ्न सक्छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले यो पिकअप नेपाली बजारमा पनि उपलब्ध गराउन सक्छ ।

सम्बन्धित समाचारहरू

डिसेम्बरमा टाटा मोटर्स उक्लियो दोस्रो स्थानमा (शीर्ष १० कम्पनीको सूची र बिक्री संख्या)

डिसेम्बरमा टाटा मोटर्स उक्लियो दोस्रो स्थानमा (शीर्ष १० कम्पनीको सूची र बिक्री संख्या)

डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो...

जनरल मोटर्सलाई पछि पार्दै टोयोटाले खोस्यो अमेरिकामा नम्वर वानको ताज

जनरल मोटर्सलाई पछि पार्दै टोयोटाले खोस्यो अमेरिकामा नम्वर वानको ताज

९० बर्षदेखी अमेरिकामा सर्बाधिक बिक्री हुने अटो ब्रान्डका रुपमा आफूलाई...

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा अहिले बिभिन्न अटो उत्पादकहरुले गाडीको मूल्य बढाइरहेका छन् । नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...