साङयोङ, टोयोटा र टेस्लाले बीवाईडीको ब्याट्री प्रविधि प्रयोग गर्ने, नेपालमा पनि आउने

चीनको नम्बर १ इलेक्ट्रिक भेइकल निर्माता कम्पनी बीवाईडीले विश्वका प्रतिष्ठित कार निर्माता कम्पनीहरुको इलेक्ट्रिक कार उत्पादनको लागि आफ्नो ब्याट्री प्रविधिमा भएको विशेषज्ञतामार्फत सहयोग गरिरहेको छ ।

पछिल्लो समयमा दक्षिण कोरियाली कार निर्माता कम्पनी साङयोङ बनेको छ बीवाईडीको सहकर्मी । हालै साङयोङले एक सार्वजनिक जानकारीमार्फत यो कुराको खुलासा गरेको छ । बीवाईडीले ब्याट्री उत्पादनका लागि बनाएको छुट्टै ‘फिनड्रिम्स इन्डष्ट्री’ ले यस कार्यमा सहकार्य गर्नेछ । सन् २०२० को मार्चमा लन्च गरिएको फिनड्रिम्सले इको–फ्रेन्ड्ली इलेक्ट्रिक भेइकलका लागि कोर कम्पोनेन्ट प्रोडक्सनका लागि विशेषज्ञ सेवा उपलब्ध गराउने बताइएको छ ।

साङयोङ र बीवाईडी मिलेर विकास गरिने ब्याट्री साङयोङको यु१०० ईभीमा उपयोग गरिने छ । यु१०० ईभी सन् २०२३ मा बिक्रीका लागि उपलब्ध गराउने कम्पनीको योजना छ । यो सहकार्यबाट अझै छोटो समयमै सो इलेक्ट्रिक भेइकल बजारमा ल्याउन समेत सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ ।

यो भन्दा रोयटर्सले सार्वजनिक गरेको जानकारी अनुसार टोयोटाले समेत सन् २०२२ मा चीनमा सानो इलेक्ट्रिक सेडान उत्पादनका लागि बीवाईडीसँग सहकार्य गरेको छ । यसबाट कम मूल्यमै इलेक्ट्रिक सवारी साधन उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

टोयोटाका करिव दुई दर्जन इन्जिनियरहरुले १०० बीवाईडी सहकर्मीका साथ कार्य गरिरहेको समेत रोयटर्सले उल्लेख गरेको छ । सन् २०२० मा टोयोटाले बीवाईडीसँग मिलेर चीनमा ब्याट्री ज्वाइन्ट भेन्चरको स्थापना गरेको छ ।

त्यसैगरी टेस्लाले समेत १ लाख ६० हजार सवारी साधनमा ब्लेड ब्याट्री प्रयोग गर्नका लागि सम्झौता गरिसकेको छ ।

बीवाईडीको कम वजनयुक्त लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री पछिल्लो समयमा लोकप्रिय बनिरहेको छ । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम आयोन ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

बीवाईडीको स्थापना सन् १९९५ मा भएको थियो । शुरुमा ब्याट्री व्यवसायका लागि स्थापना भएको बीवाईडी पछि इनर्जी सोलुसन कम्पनीको रुपमा विकास भएको थियो । सन् २००८ मा यो विश्वकै पहिलो मास–प्रोड्युस्ड प्लग–इन–हाइब्रिड इलेक्ट्रिक भेइकल बिक्री गर्ने कम्पनी बन्यो ।

हाल बीवाईडी चीनको बेस्ट सेलिङ न्यु इनर्जी भेइकल मेकर बनेको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार बीवाईडीले गत नोभेम्बरमा ९० हजार युनिट यस्ता सवारी साधन बिक्री ग-यो ।

ब्याट्री उत्पादनका लागि स्वतन्त्र ब्रान्ड फिनड्रिम्सको स्थापनाले कम्पनीलाई झनै फाइदामा पु¥याउने अपेक्षा गरिएको छ । अब बीवाईडी विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी समेत बनेको छ । एसएनई रिसर्चका अनुसार पावर ब्याट्री इन्स्टल क्षमताको आधारमा गत अक्टोबरमा यो चौथो स्थानमा रहेको छ ।

यो वर्षको सुरुवातमा बीवाईडीले देश वाहिर युरोपमा रहेको पहिलो प्लान्टका लागि इन्जिनियरहरु नियुक्त गरेको थियो । यद्यपि यसको स्थान र क्षमता तथा अन्य विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन ।

अहिले नेपाली बजारमा पहिले देखि नै उपलब्ध ई६, नयाँ जेनेरेसन ई६, ५ सिटर र ७ सिटर एम–थ्री एमपीभी र टी३ कार्गो भ्यान विक्री गर्दै आएको छ । यी सवारी साधनको मूल्य क्रमशः ५० लाख, ५७ लाख ५० हजार, ४३ लाख, ४६ लाख र ३८ लाख रुपैयाँ छ । यी सबै मोडलका साथ ७ किलोवाटको होम चार्जर समेत उपलब्ध हुन्छ ।

नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ई६ मा यही प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । नेपाली बजारमा बीवाईडीका सवारी साधन बिक्री भएको ५ वर्ष पुगेको छ । विभिन्न सरकारी निकायले समेत बीवाईडीका सवारी साधन प्रयोग गरिरहेको र लोकप्रिय ब्रान्ड भए तापनि यसको बिक्रीलाई अझै बढाउनका लागि कम्पनीले विभिन्न योजनाहरु बनाइरहेको र आगामी दिनमा थप सवारी साधन समेत भित्र्याउने बताएको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार केही महिना भित्रै देशभरका १० स्थानमा सर्भिस सेन्टरसहितको सोरुम बन्ने छ । यी स्थानमा चार्जिङ स्टेशन समेत बन्ने छन् । नेपाली बजारमा साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

गाडी वा मोटरसाइकल नवीकरण गर्नु छ ? माघ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने

गाडी वा मोटरसाइकल नवीकरण गर्नु छ ? माघ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा...

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...