युरोपेली ब्रान्ड स्कोडाले मनायो युरोपेली शैलीमा क्रिसमस

काठमाडौं – नेपाली बजारमा युरोपेली राष्ट्र चेक रिपब्लिकमा उत्पादित स्कोडा ब्रान्डको सवारी साधन बिक्री–वितरण गरिरहेको एमएडब्लु इन्टरप्राइजेजले युरोपेली शैलीमा क्रिसमस पर्व मनाएको छ ।

डिसेम्बर २५ अर्थात गत शनिबार मनाइएको क्रिसमस पर्वको अवसरमा स्कोडाका विभिन्न स्थानमा रहेका सोरुमलाई क्रिसमसको झल्को दिने गरी सजाइएको थियो । युरोपेली राष्ट्रहरुमा उत्साहपूर्वक क्रिसमस मनाइने भएकाले नेपालका सोरुमलाई समेत सोही अनुसार सजाइएको कम्पनीको भनाइ छ ।

सोरुममा सान्ता क्लजसहित अन्य विभिन्न आकर्षक सजावट गरिएको छ । यसबाट युरोपियन एसयूभीको अनुभव गर्न पाइने बताइएको छ ।

त्यसैगरी स्कोडा शान्ताद्वार कोशेली फाउन्डेसन नेपालमा रहेका बालबालिकाहरुलाई विभिन्न प्रकारको क्रिसमस गिफ्ट प्रदान गरिएको थियो । यसका साथै सोरुममा टेस्ट ड्राइभ गर्न आउने ग्राहकलाई समेत क्रिसमस गिफ्ट प्रदान गरिएको छ ।

नेपालमा स्कोडाका र्यापिड, सुपर्व, कारोक, कोडियाक र कुशाक आदि गाडीहरु बिक्री–वितरण भइरहेका छन् । पछिल्लो समयमा नेपाल भित्रिएको स्कोडा कुशाकले बजारमा प्रतिस्पर्धात्मक रुपमा धेरैको ध्यान तानेको छ ।

सम्बन्धित समाचारहरू

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको...

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

काठमाडौँ -युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक...

शक्तिशाली इन्जिन र उत्कृष्ट सेफ्टी फिचर्स भएको स्कोडा कुशाक

शक्तिशाली इन्जिन र उत्कृष्ट सेफ्टी फिचर्स भएको स्कोडा कुशाक

चेक रिपब्लिकन ब्रान्ड स्कोडा नेपाल भित्रिएको लामो समय भैसकेको छ । आकर्षक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...