भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...
किया सेल्टोसको एचटिके भेरियन्ट २ बर्षपछि पुन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल एसोसिएटले २०१९ मा केही थान भित्राएर कारोबार शुरु गरेको यो भेरिएन्ट त्यसपछि नेपाल आउन रोकिएको थियो । हाल भित्रिएको यो भेरिएन्ट २०२१ मोडल हो ।
जसको मुल्य २ बर्षअघि नै निर्धारण गरिएको ४८ लाख ९० हजार रुपैयाँलाई यथावत गरिएको छ । स्पेकका आधारमा यो सेल्टोसको बेस भेरियन्ट एचटीई भन्दा एक स्टेप माथीको एसयुभी हो ।एचटिईलाई भने कम्पनीले हालसम्म नेपाल ल्याएको छैन ।
नेपाली बजारमा यसअघि ५३ लाख ४० हजार मूल्य निर्धारण गरिएको एचटिके प्लस एसयुभी सहित अन्य ७ वटा भेरियन्टमा यो एसयुभी उपलब्ध रहँदै आएको थियो । यसको टप भेरियन्ट जिटिएक्स प्लसको मूल्य ७६ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि उपलब्ध सबैभन्दा सस्तो भेरियन्टको तुलानामा ४ लाख ५० हजार रुपैयाँले सस्तो यो एसयुभी हाल देशका सबै किया सोरुममा उपलब्ध रहेको कम्पनी स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार हाल बजारमा सेल्टोसको केही भेरियन्टले अभाबको समस्या झेल्दै आइरहेपनि यो भेरियन्ट भने ग्राहकले चाहेकै समयमा हात पार्न सक्नेछन् ।
१५ सय सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको यो एसयुभीको अधिकतम पावर ११५ पिएस र टर्क १४४ एनएम रहेको छ । बेस भेरियन्ट भएका कारण मिड स्पेक र हाई स्पेक भेरियन्टको तुलनामा यसको इन्फोटेन्मेन्ट लगायत अन्य फिचर्समा भने केही कटौती गरिएको छ ।
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...
कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...
कार निर्माता कम्पनी कियाले अमेरिकी बजारको लागि न्यु जेनेरेसन २०२३ किया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...