प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट

काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ वर्ष २०२२ को अवसरमा ‘न्यु इयर अफर २०२२’ ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ल्याएको उक्त अफर अन्तर्गत प्योर ईभीका प्रत्येक स्कुटर खरिद गर्दा स्योर सट ८ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

त्यसैगरी स्योर सट गिफ्ट अन्तर्गत ३ हजार ५ सय रुपैयाँ मूल्य पर्ने प्योर ईभी हुडी वा स्वेटर उपलब्ध हुनेछ । अन्त्यमा एक जना लक्की विनरले पोखराको वाटरफ्रन्ट रिसोर्टमा २ रात र ३ दिन बस्न मिल्ने गरी दुई जनालाई काठमाडौं–पोखराको दुईतर्फी एयर टिकट सहितको सुविधा प्राप्त गर्नेछन् ।

नेपाली बजारमा हाल प्योर ईभीका ईट्रान्स ७जी र ईट्रान्स नियो मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । यी इलेक्ट्रिक स्कुटरको मूल्य क्रमशः २ लाख ६० हजार र २ लाख ४९ हजार रुपैयाँ छ ।

ईप्लुटो ७जीमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । यसले पनि सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

ईट्रान्स नियो इलेक्ट्रिक स्कुटरमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

चितवनमा सेरेस र नामी ईभीको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चल्दै

चितवनमा सेरेस र नामी ईभीको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चल्दै

चितवन–नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...