अब ४० किलोवाटको ब्याट्रीयुक्त टाटा नेक्सन ईभी आउने, रेन्ज पनि बढ्ने

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउने भएको छ । सन् २०२२ को मध्य सम्ममा बजारमा उपलब्ध हुने अपडेटेड नेक्सन ईभीमा पहिले भन्दा ठूलो ब्याट्री प्रयोग हुनेछ भने यसले रेन्ज पनि धेरै दिनेछ ।

नयाँ नेक्सन ईभीमा ४० किलोवाट आवरको ब्याट्री प्रयोग गरिने छ । हालको मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसका कारण यसको रेन्ज पनि करिव ४ सय किलोमिटर भन्दा बढी रेन्ज दिनेछ । हालको मोडलले ३१२ किलोमिटरको रेन्ज दिने बताइएको छ । यद्यपि व्यावहारिक रुपमा यो भन्दा कम रेन्ज नै पाइएको छ ।

यी सबैका कारण फ्लोरप्यानमा परिवर्तन गर्न र ठूलो ब्याट्री एड्जस्ट गर्नका लागि बुट स्पेसमा कमी गरिने छ । रिपोर्ट अनुसार टाटा नेक्सन ईभीलाई रि–जेन मोडका साथ बजारमा उतारिने छ, जसले ड्राइभरको रिजेनेरेटिभ ब्रेकिङको तीव्रतालाई एड्जस्ट गर्नेछ । यसबाट कारको रेन्जमा पनि सुधार हुनेछ । नयाँ मोडलमा अलोय ह्विल र ईएसपी उपलब्ध हुने समेत सम्भावना छ ।

नेपाली बजारमा तीन भेरिएन्टमा नेक्सन ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः ३६ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ छ । भारतीय बजारमा यसको मूल्य १७ लाख देखि १८ लाख भारु सम्म छ ।

अपडेट भएर आयो भने यसको मूल्यमा ३ लाख देखि ४ लाख भारु बढ्ने अनुमान गरिएको छ । यसो भयो भने नयाँ नेक्सन ईभीले हाल बजारमा उपलब्ध हुन्डाई कोना र एमजी जेडएस ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

टाटा मोटर्सले इलेक्ट्रिक भेइकलकै क्षेत्रमा कार्य गर्न आधिकारिक रुपमा ७ अर्ब भारीको सुरुवाती पुँजीका साथ टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टीपीईएमएल) नामक एक नयाँ इकाई समेत गठन गरेको छ । आगामी वित्त वर्ष २६ सम्म १० इलेक्ट्रिक सवारी साधन बजारमा उपलब्ध गराउने योजना समेत टाटा मोटर्सले बनाएको छ ।

सम्बन्धित समाचारहरू

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

काठमाडौं – लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो...

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...