वार्षिक ४ सय युनिट बिक्री हुने हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस

नेपाली बजारमा धेरै बिक्री हुने एस्काभेटर मध्ये हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस एक हो । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाद्वारा उत्पादन गरिएकोे कन्स्ट्रक्सन इक्विपमेन्ट यो रेन्जमा सबैभन्दा कम इन्धन खपत गर्ने इक्विपमेन्ट भएको कम्पनीको दाबी छ ।

२२ टन क्षमताको यो एस्काभेटरले प्रतिघण्टा १५ लिटर मात्र इन्धन खपत गर्ने नेपालमा हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स प्रालिका डेपुटी म्यानेजर कृष्णराज पौडेलले बताए ।

ड्युरेबल तथा हाइड्रोलिक सिस्टममा सबैभन्दा बढी फ्लो भएको यो मेसिन महंगो मेसिन जस्तै स्ट्यान्डर्ड भए पनि मूल्य भने कम भएको बताइएको छ । यसको मूल्य ९९ लाख रुपैयाँ तोकिएको छ । यद्यपि यसमा विभिन्न प्रकारको छुट समेत उपलब्ध हुन सक्ने कम्पनीको भनाइ छ ।

वर्षमा करिव ४ सय युनिट यो एस्काभेटर बिक्री हुने गरेको र हाल नेपालका विभिन्न क्षेत्रमा २ हजार ३ सय भन्दा बढी मेसिन कार्यरत रहेको पौडेलले बताए ।

विशेष गरी सडकको नयाँ ट्रयाक खोल्न र माइनिङमा यसको बढी प्रयोग हुन्छ । नेपालका धेरै सिमेन्ट कारखानामा यसको प्रयोग भएको छ ।

कुनै अवस्थामा मेसिन बिग्रिएमा सम्बन्धित स्थानमै पुगेर कम्पनीको दक्ष मेकानिक्सहरुबाट मर्मत गरिन्छ । सबै मर्मत कार्य साइटमै हुने र विशेष अवस्थामा मात्र कम्पनीको सर्भिस सेन्टरमा ल्याउनु पर्ने हुन्छ ।

वारेन्टी अवधिमा निःशुल्क लेवर चार्ज हुन्छ । १ वर्ष अथवा २ हजार घण्टा यसको फुल वारेन्टी हुन्छ भने थप १ वर्ष अथवा ३ हजार घण्टा सम्म इन्जिनको एक्सटेन्डेड वारेन्टी हुन्छ ।

यो मेसिनमा इनलाइन पम्पको प्रयोग गरिएको छ । यसको मर्मत पनि कम मात्र गर्नुपर्छ । कुनै स्थानमा खन्दा वा केही कार्य गर्दा लगाउनु पर्ने पावर आफै निश्चित गरी त्यही अनुसारको पावर लगाउछ । अपरेटरले म्यानुअल रुपमा चलाउनु पर्दैन । त्यसैले नै यसलाई स्मार्ट प्लस नाम राखिएको हो । त्यसैगरी रक बकेट प्रयोग गरिएको छ । यसैकारण नै नयाँ ट्रयाक खन्न र माइनिङमा उपयोगी छ ।

सम्बन्धित समाचारहरू

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...