रिसाइकल मेटरियल देखि प्लास्टिक बोतल सम्म प्रयोग गरिएका इलेक्ट्रिक कार म्युनिख मोटर शोमा
युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा...
नेपाली बजारमा सुपर सोको टीसी म्याक्स इलेक्ट्रिक बाइक बिक्रीका लागि उपलब्ध छ । क्याफे रेसर डिजाइनमा उपलब्ध सुपर सोको कम्पनीको यो बाइक नेपाली बजारमा बिक्रीका लागि हाल उपलब्ध थोरै ब्रान्ड मध्ये एक मात्र इलेक्ट्रिक बाइक हो ।
यसमा ५ हजार वाटको मोटर छ, जुन नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक दुई पांग्रे सवारी मध्ये सबैभन्दा पावरफुल हो । पेट्रोलबाट चल्ने बाइकसँग तुलना गर्दा यसको क्षमता १६० सीसी जस्तै मान्न सकिन्छ ।
यो बाइकमा ७२ भोल्ट, ४५ एएचको ब्याट्री छ । ब्याट्रीलाई ५ घण्टा भित्रै फुल चार्ज गर्न सकिन्छ । सिंगल चार्जमा यसले ११० किलोमिटर सम्मको रेन्ज दिन्छ । १९८ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७७० एमएम छ ।
अन्य बाइक जस्तो यसमा गियर सिस्टम हुँदैन । यसमा मोड अनुसार चलाउन मिल्ने सुविधा हुन्छ र यसमा नर्मल, इकोनोमिक र स्पोर्ट गरी तीन मोड छ । मोड अनुसार यसलाई ४०–५०, ६०–७० र १००–११० किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा चलाउन सकिन्छ ।
युरोपेली डिजाइन अनुसार बिल्ड क्वालिटी भएकाले ११० सम्मको स्पिडमा जादा पनि यो बाइक बत्तिदैन । युकेको कम्पनीले चीनमा निर्माण गरेको यो बाइक युरोपेली गुणस्तर अनुसार डिजाइन गरिएको छ । यसले गर्दा गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको भनाइ छ ।
यो बाइकमा रिमोट कि, वार्निङ, एन्टी–थेफ्ट सिस्टम आदि फिचर उपलब्ध छन् । त्यसैगरी डाइनामिक एलईडी हेडलाइट, हाई पावर सेन्ट्रल मोटर, एलसीडी इलेक्ट्रोनिक इन्स्ट्रयुमेन्ट प्यानल र फ्रन्ट तथा रियर दुवैमा सीबीएस डिस्क ब्रेक लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टक सकिन थालेको र नयाँ स्टक आगामी दिनमा उपलब्ध हुने भएकाले भविष्यमा यसको मूल्य बढ्न सक्ने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा डी–लाइफस्टाइल्स प्रालिले सुपर सोकोको यो बाइक बिक्री–वितरण गरिरहेको छ । इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले ८० प्रतिशत सम्म लोन उपलब्ध गराउने भएकाले शुरुमा २० प्रतिशत मात्र रकम तिरेर यो बाइकलाई आफ्नो बनाउन सकिन्छ ।
ग्राहकको क्षमता हेरेर शून्य डाउन पेमेन्टमा समेत बाइक उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । बाँकी रकम मासिक रुपमा ५ हजार ७५० रुपैयाँको दरले ३ वर्ष सम्म बुझाउन सकिने स्किम समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
नेपालका प्रतिष्ठित बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक,माछापुछ्रे बैंक आदिमार्फत ग्राहकलाई ऋण उपलब्ध हुने डी–लाइफस्टाइलले बताएको छ ।
युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा...
चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...
काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...