सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै...
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको अपग्रेडेड ईट्रान्स नियो इलेक्ट्रिक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समय देखि बुकिङ खुल्ला गरेको र अब उक्त ई–स्कुटर भित्रिएको बताएको छ ।
नेपाली बजारमा पहिले पनि ईट्रान्स नियो इलेक्ट्रिक स्कुटर उपलब्ध थियो । तर अब यसको अपग्रेड गरिएको मोडल नेपाली बजारमा उपलब्ध भएको छ । यसमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।
यसमा पहिलेको तुलनामा ठूलो सिट छ भने पछिल्लो भागमा ग्र्याब रेल छ । त्यसैगरी किलक सेट, इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्रन्ट र रियर सक एब्जर्बर, रियर भ्यु मिरर, स्विङ आर्म कभर, डिटेचेबल लेडी फुटरेस्ट आदि थप फिचर उपलब्ध छन् ।
स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।
ईट्रान्स नियो स्कुटरको मूल्य २ लाख ४९ हजार रुपैयाँ छ ।
नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै...
टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...
काठमाडौं – नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...