सिंगल चार्जमा एक हजार किमी चल्ने इलेक्ट्रिक कार चीनमा सार्वजनिक, टेस्लासँग प्रतिस्पर्धा गर्ने

राम्रो ब्याट्री रेन्ज भएका इलेक्ट्रिक कारको माग विश्वव्यापी रुपमा बढिरहेको छ । हालै चिनियाँ इलेक्ट्रिक भेइकल कम्पनी निओले नयाँ इलेक्ट्रिक कार निओ ईटी५ लन्च गरेको छ ।

नियो ईटी५ ब्याट्रीको रेन्ज एक पटकको फुल चार्जमा एक हजार किलोमिटरसम्म रहेको दाबी गरिएको छ । नियो ईटी५ ले टेस्ला मोडल ३ इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ ।

नियो ईटी५ इलेक्ट्रिक कारको मूल्य चीनमा ३९ लाख ३ हजार २६४ युआनमा लन्च गरिएको छ । यो मूल्य चीनमा सरकारी अनुदानविना भएकोले अनुदान लगाएपछि यसको मूल्य अझै घट्न सक्छ ।

सेडान सेग्मेन्टमा रहेको सो इलेक्ट्रिक कार विभिन्न ब्याट्री रेन्जमा ल्याइएको छ । यसको डेलिभरी अर्को वर्ष सुरु हुनेछ । सो ईभी केही वर्षमा नेपाली सडकमा पनि देखिने सम्भावना छ ।

नियो ईटी५को लुक र फिचर इलेक्ट्रिक सेडान जस्तै शानदार देखिन्छ । कालो र सुनौलो रङगमा उपलब्ध यो इलेक्ट्रिक कारमा ब्याट्री परिवर्तन पनि गर्न सकिन्छ । नियो ईटी५को ७५ केडब्ल्युएच ब्याट्रीको रेन्ज ५५० किलोमिटर र १०० केडब्ल्युएच ब्याट्रीको रेन्ज १००० किलोमिटर भएको बताइएको छ ।

कारमा कनेक्टेड कार टेक्नोलोजी, इन्टिग्रेटेड अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटी, एम्बियन्ट लाइटिङ र डल्बी एटमस सराउण्ड सिस्टमलगायत कैयौ फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार

वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार

काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज...

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

काठमाडौं – नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...