सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार जस्तो पनि देखिन्छ । तर हाल खरिदकर्ताको सोच र रुचिमा धेरै परिवर्तन आएको छ । बजारमा एसयूभी कार चाहनेको संख्या बढ्दै गएको छ । एसयूभी कार सेडान भन्दा लोकप्रिय हुनुको केही कारण यस्तो छः

१. हाल बजारमा धेरै प्रकारका एसयूभीहरू उपलब्ध छन् । जसले गर्दा ग्राहकहरूसँग कार छनौट गर्नका लागि धेरै विकल्पहरू छन् । यसका साथसाथै कारको डिजाइनको सन्दर्भमा पनि खरिदकर्तालाई थप विकल्पहरू प्रदान गरिन्छ । अहिलेको अवस्थामा सब–कम्प्याक्ट र कम्प्याक्ट एसयूभीको माग बढ्दै गइरहेको छ ।

२. एसयूभीमा बसेपछि कार चालकलाई सडक एकदमै स्पष्टसँग देखेको अनुभव हुन्छ । किनभने कारमा ड्राइभर सिट अलिकति उचाइमा हुन्छ । एसयूभीमा बसेको व्यक्ति सेडान गाडीको तुलनामा ट्राफिक र आफ्नो वरपरका सवारी साधनहरुमा बढी सक्रिय हुन्छ । एसयूभीमा सडक सुरक्षा होस् वा व्यक्तिगत सुरक्षा दुवै अवस्थामा बढी आकर्षक हुन्छ ।

३. धेरै जसो एसयूभीमा हाई ग्राउन्ड क्लियरेन्स हुन्छ । कच्ची सडकमा पनि एसयूभी कारले कुनै झट्का दिदैन । यसले सवारी साधनमा बस्नेलाई कुनै समस्या पार्दैन । हाई ग्राउन्ड क्लियरेन्सको कारणले गर्दा कच्ची सडकमा पनि सजिलै चलाउन सकिन्छ । यसले कारको बडीमा पनि कुनै हानी गर्दैन ।

४. एसयूभी कार सेडान कार भन्दा बढी आरामदायी हुन्छ । एसयूभीमा बुट स्पेस बढी हुन्छ । जसले गर्दा यात्रुहरू लामो यात्रामा पनि आरामसँग बस्न सक्छन् ।

सम्बन्धित समाचारहरू

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ–उनलाई...

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक बितरक अग्नी...

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...