स्कोडाको स्पोर्टी र टियर भेरियन्ट एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक
स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एपिकको स्पोर्टी र टियर भेरियन्ट...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । एमएडब्लु वृद्धिले आफ्ना नेपालभरि रहेका आधिकारिक डिलरलाई उत्साहित गर्ने उद्देश्यले गत बुधबार, बिहीबार र शुक्रबार द सोल्टीमा आधिकारिक डिलरको डिलर मिट आयोजना गरेको हो । कार्यक्रममा विशेष अतिथिको रूपमा एमएडब्लु ग्रुपका चेयरम्यान बिष्णु कुमार अग्रवाल रहेका थिए ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लु वृद्धि कमर्सियल भेइकल आबद्ध भएका व्यवसायीको भविष्यमा कसरी सुधार गर्ने भन्ने रहेको बताइएको छ । एमएडब्लु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नविन आचार्यका अनुसार कम्पनीको आगामी पाँच बर्षमा आउने विभिन्न गाडीहरु र कम्पनी कसरी आगाडि बढ्छ भन्ने विषयमा समेत डिलर मिटमा छलफल भयो ।
सर्भिस सेन्टरको विषयमा पनि गहन छलफल भएको साथै गाडी बिक्री गरी व्यवसाय सञ्चालन गर्नु कुनै नौलो कुरा नभएको तर बिक्रीपश्चात ग्राहकलाई सन्तुष्टि प्रदान गर्नु पर्ने भएकाले त्यसै अनुसार डिलरहरुसँग छलफल सम्पन्न भएको उनले बताए ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालि नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...