चितवनको औद्योगिक प्रदर्शनीमा अशोक लेल्यान्ड दोस्त पिकअप

चितवन - चितवनको भरतपुरमा चलिरहेको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अशोक लेल्यान्डको दोस्त पिकअप प्रदर्शन गरिएको छ । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सो पिकअप प्रदर्शन गरेको हो ।

आईएमई मोटर्सका हेड अफ मार्केटिङ किरण आचार्यका अनुसार चितवन क्षेत्रमा सामान ओसारपसार गर्नु पर्ने कार्य धेरै हुने भएको र यसका लागि दोस्त पिकअप उपयुक्त हुने भएकाले त्यसलाई लक्ष्यित गरी पिकअप प्रदर्शन गरिएको हो ।

उद्योग संघ चितवन र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा उक्त अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिएको हो ।

नेपाली बजारमा एक हजार भन्दा बढी दोस्त पिकअप बिक्री भएको घोषणा आईएमई मोटर्सले गत भदौ महिनामा गरेको थियो । नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

यी पिकअपको मूल्य रेन्ज अनुसार २१ लाख ८० हजार देखि ३० लाख ५० हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल...

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...