नेपाली बजारमा यसअघि नै उपलब्ध बेनेली टिआरके २५१ आज भारतमा लन्च

बेनेलीले आज भारतीय बजारमा नयाँ बाइक टिआरके २५१ लन्च गरेको छ । नेपाली बजारमा भने यो बाइक बिगत ३ बर्षदेखिनै उपलब्ध रहँदै आएको छ । २४९ सिसी क्षमताको एड्भेन्चर टुरर यो बाइकको मूल्य भारतमा २ लाख ५१ हजार भारु कायम गरिएको छ । नेपालमा भने यसलाई ८ लाख २५ हजार रुपैयाँमा बिक्री गरिँदै आएको छ । २०२२ मोडलको यो बाइकले केटिएम २५० एड्भेन्चरसंग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ ।

यो नयाँ बाइकको अधिकतम पावर २५.८ एचपी र टर्क २१.१ एनएम रहेको छ । ६ स्पिड ट्रन्समिसन दिइएको यो बाइकमा वेट मल्टि–प्लेट क्लच उपलब्ध गराइएको छ । यसको लुक्स तथा डिजाइन टिआरके ५०२ बाट प्रेरित भएको देख्न सकिन्छ । जहाँ डुअल एलइडी हेडलाइट, युनिक एलइडी डे टाइम रनिङ लाइट, अग्लो वाइन्ड स्क्रिन, स्लिक लुक फ्रन्ट बिक, पूर्णत डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, साइड माउन्टेड एक्जस्ट सिस्टम, सार्प वडिवर्क। अपराइड ह्यान्डल बार लगायत अन्य थुप्रै प्रकारका फिचर्स दिइएको छ ।

१६४ किलो वजन भएको यो बाइकमा १८ लिटर क्षमताको फ्युल ट्यांक र १७० एमएम ग्राउन्ड क्लिरियन्स रहेको छ । एड्भेन्चर टुरका लागि उपयोगी र आरामपन महशुस हुने बिशेष प्रकारको सस्पेन्सन जडान गरिएको छ । राइडरले आफू अनुकुल तलमाथी गर्न मिल्ने फ्रन्ट फर्क सस्पेन्सन जडान गरिएको यसमा पछाडी भने मोनोसक सस्पेन्सन दिइएको छ ।

३ भिन्न कलर अप्सनमा उपलब्ध यो बाइकमा कम्पनीले ३ बर्षको असिमित किलोमिटर वारेन्टि उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचारहरू

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी कम्पनी किम्कोले ल्यायो १९९ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...

विराटनगरमा बेनेली : धेरैको रोजाइमा १५० सीसीका बाइक

विराटनगरमा बेनेली : धेरैको रोजाइमा १५० सीसीका बाइक

विराटनगर – विराटनगरमा बेनेली बाइकको आधिकारिक डिलरको रुपमा स्पार्क एमपीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...