भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री रेकर्ड कायम भएको छ । नोभेम्बर महिना सम्म भारतका सबै २५ ईभी निर्माता कम्पनीले १ लाख १६ हजार ६६९ दुई पांग्रे ईभी अर्थात इलेक्ट्रिक स्कुटर र बाइक बिक्री गरेका छन् । यसका आधारमा एक महिना पश्चात वर्ष सकिदा करिव १ लाख ३५ हजार ईभी बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष भारतमा २५ हजार ५९८ युनिट मात्र यस्ता ईभी बिक्री भएका थिए । यसका आधारमा यो वर्ष यस्ता दुई पांग्रे ईभीको बिक्री ३३५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

कोभिड–१९ संक्रमणको वर्ष भए तापनि पछिल्लो सेप्टेम्बर–नोभेम्बर महिनामा मात्रै औसतमा करिव १९ हजार यस्ता ईभी बिक्री भएका छन् । यी मध्ये सबैभन्दा धेरै बिक्री हुने पहिलो नम्बरमा हिरो इलेक्ट्रिक रहेको छ । हिरो इलेक्ट्रिकले ११ महिना अवधिमा ४० हजार ३१८ युनिट बिक्री गरेको छ । यसका आधारमा हिरोले ३४.५६ प्रतिशत बजार हिस्सा छ ।

दोस्रो नम्बरमा ओकिनावा छ र ओकिनावाका २३ हजार ८९९ युनिट सवारी साधन बिक्री भए । यसको बजार हिस्सा २०.४८ प्रतिशत छ । तेस्रो नम्बरमा १४ हजार १५२ युनिट बिक्री गरी एथर इनर्जी तेस्रो नम्बरमा रहेको छ । यसको बजार हिस्सा १२.१३ प्रतिशत छ ।

चौथो नम्बरमा प्योर ईभी उक्लिएको छ । यो भन्दा पहिले सातौं नम्बरमा रहेको प्योर ईभी यस पटक ९ हजार ३६३ युनिट बिक्रीका साथ चौथो नम्बरमा उक्लिएको हो । प्योर ईभीले ८.०३ प्रतिशत बजार हिस्सा लिएको छ ।

पाँचौ नम्बरमा एम्पियर भेइकल, छैटौं नम्बरमा टीभीएस मोटर, सातौ नम्बरमा रिभोल्ट, आठौं नम्बरमा बजाज, नवौं नम्बरमा बेन्लिङ र दशौं नम्बरमा मिउ इलेक्ट्रिकल रहेका छन् ।

नेपालमा दुई पांग्रे ईभीको अवस्था
नेपाली बजारमा बिक्री–वितरण भइरहेका दुई पांग्रे इलेक्ट्रिक भेइकल मध्ये माथि उल्लिखित केही कम्पनीका उत्पादन मात्र बिक्रीका लागि उपलब्ध छन् । भारतमा धेरै बिक्री हुने पहिलो नम्बरमा रहेको हिरो इलेक्ट्रिक कुनै समय नेपालमा बिक्री भएर बन्द भएको थियो । हाल नेपाली बजारमा हुन्डाई र बीएमडब्ल्यु लगायतका सवारी साधन बिक्री गरिरहेको लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रिक बिक्रीका लागि उपलब्ध गराउने तयारी गरिरहेको चर्चा भए पनि आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

दोस्रो नम्बरमा रहेको ओकिनावा स्कुटर भने नेपालाम बिक्रीका लागि उपलब्ध छ । नेपाली बजारमा बिक्की इन्टरप्राइजेजले यो ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

प्योर ईभी नेपाली बजारमा ह्वाइट लोटस मोटर्सले बिक्री–वितरण गरिरहेको छ । प्योर ईभी नेपाली बजारमा भित्रिएको एक वर्ष मात्र पुगेको छ । तर पनि छोटो अवधिमा यसले विभिन्न डिलर सञ्जाल विस्तार गर्नुका साथै ग्राहक शिक्षा समेत प्रदान गरेको छ ।

हालै मात्र हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुलेको छ । इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ । त्यसैगरी टेकु र गावहाल तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन् । छिट्टै नै देशका विभिन्न ५ स्थानमा नयाँ सोरुम खोल्ने तयारी भइरहेको ह्वाइट लोटस मोटर्सले जनाएको छ ।

एम्पियरका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ग्रिभ्स कटन नेपालले बिक्री–वितरण गरेको छ । त्यसैगरी बेन्लिङ इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छ । अन्य ब्रान्ड भने नेपाली बजारमा अझै उपलब्ध हुन बाँकी छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

अटोमोबाइल सेक्टरमा इलेक्ट्रिक कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ ।...

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

नयाँ ग्राफिक्स र चार्जिङ क्षमता सुधार सहित जनवरी ६ मा लन्च हुँदै एथर ४५० एपेक्स

एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ जनवरी ६ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...