नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
काठमाडौ – रेनोको नया शोरुम सोमबारबाट सिराहाको लहानमा सञ्चालनमा आएको छ । नेपालभर नै आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले लहानमा नयाँँ शोरुम खोलेको बताएको छ । नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ ।
भाग्य महालक्ष्मी अटोमोबिल्स प्रालिका सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख आतिथ्यता तथा कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठ तथा सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईबाट उद्घाटन समारोह सम्पन्न भएको हो ।
सो अवसरमा कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ । नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौं ।’
सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।
उक्त शोरुममा रेनोका सर्बाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु हुने छन् । यहाँबाट ग्राहकले गाडीका साथै स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्ने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...