नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय कारको बिक्री प्रारम्भ भएको छ । टिम इलेभेन ग्रुपले पश्चिम नेपालको नेपालगञ्जमा सोरुम स्थापना गरेर सो कारको बिक्री–वितरण दाङमा समेत थालेको हो ।

ग्रुपका अध्यक्ष विमल पौडेलका अनुसार अहिले दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमशः अन्य जिल्लामा पनि बिक्री थालिने छ । फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको उनले बताए । शनिबार एक समारोहका बीच बीवाईडी विद्युतीय कारको बिक्री सुरु गरिएको हो ।

गाडी वातावरण मैत्री भएको हुँदा अत्यधिक रुचाइएको उनले बताए । विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताए । आवश्यकता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने पौडेलले जानकारी दिए ।

दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन्। वितरकहरुले यसको माग बढीरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताए ।

यसैगरी जिल्लामा विद्युतीय कार भित्रिएपछि त्यसका लागि विद्युतीय चार्ज सहज गराउन तुलसीपुरको दोघरेमा चार्जिङ सेन्टर स्थापना गरिएको छ । ग्रुपका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई नारायणको प्रमुख आतिथ्यतामा सेन्टरको शुभारम्भ गरिएको छ ।

बीवाईडीले हालै सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने अल न्यु बीवाईडी ई६ कार भित्र्याएको छ। यो नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज भएको कार हो ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

नेपाली बजारमा अल न्यु बीवाईडी ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरले काठमाडौं, भक्तपुर र ललितपुरमा ७...

ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना

ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना

इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...

टेस्ला मोडल ३ लाई माथ दिने दिपल एल०७, नाडामा प्रदर्शन गरिने गाडीमा के छन् विशेष फिचर ?

टेस्ला मोडल ३ लाई माथ दिने दिपल एल०७, नाडामा प्रदर्शन गरिने गाडीमा के छन् विशेष फिचर ?

११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...